पूर्वपोष्ट
ताप्लेजुङ, ३१ बैशाख । हिमाली जिल्ला ताप्लेजुङमा खैरो हेरोईन सहित दुईजना पक्रउ परेका छन् । प्रतिबन्धित लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन् । मेची राजमार्ग स्थित मेवाखा चेक पोस्टमा आवत जावत गर्ने सवारी साधन तथा मानिस चेक गर्ने क्रममा उक्त लागू औषध सहित उनीहरु पक्राउ परेको प्रहरी कर्यालय ताप्लेजुङ सूचना अधिकारी तथा प्रहरी निरिक्षक कमलकुमार लुङ्गेलीले बताए ।
फुङलिङ नगरपालिका वडा नं. ३ निवासी ३१ वर्षीय सुभाष चन्द्र दाहाल उनकै छिमेकी २५ वर्षीय योगेश भारती रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सूचना अधिकारी लुङ्गेलीले जानकारी दिए ।
उहाँले अनुसार पाँचथरबाट प्र.१-०३-००१ प ३२६१ नम्बरको स्कुटरमा सवार भई उनीहरु ताप्लेजुङ तर्फ आईरहेका थिए । शंका लागेर नियन्त्रणमा लिई खानतलास गर्दा योगेश भारतीको साथबाट लुकाई छिपाई बोकेको अवस्थामा लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४० मिलिग्राम फेला परेको छ । उक्त लागू औषध जस्तो पदार्थ र स्कुटर बरामद गरी उनीहरूलाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय