ताप्लेजुङ, २ चैत । ताप्लेजुङको मैवाखोला–५ फाकुम्बामा प्रहरी चौकी स्थापना गरिएको छ । गाउँपालिकाको वडा नं. ५ र ६ का जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने उद्देश्यले अस्थायी प्रहरी चौकीको स्थापना गरिएको हो ।
आज एक कार्यक्रमको आयोजना गरी प्रहरी चौकीको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले चौकीको उद्घाटन गर्दै साविक फाकुम्बाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने आफ्नो प्रतिवद्धता पूरा भएको बताउनुभयो । निर्वाचनताका आफूले गरेका प्रतिवद्दता पूरा गर्न कटिबद्ध रहेको बताउँदै उहाँले मैवाखाेला गाउँपालिकालाई समृद्ध बनाउन लागिपरेको बताउनुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी राजन लिम्बू, गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू, गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङ, वडाध्यक्षहरुलगायतको आतिथ्यता रहेको थियो ।
प्रहरी चौकी हाललाई वडा नंं ५ मा नवनिर्मित सामुदायिक भवनमा राखिएको र चाँडै नै जग्गाको व्यवस्थापन गरेर भवन निर्माण गरिने अध्यक्ष वनेमले बताउनुभयो । चौकीमा बरिष्ठ हवल्दारको नेतृत्वमा पाँच जनाको जनशक्ति रहेको छ ।
याेसँगै तीन प्रहरी चाैकी र एक सशस्त्र क्याम्पले मैवाखाेलाकाे शान्तिसुरक्षा दिने भएका छन् । यसअघि देखि नै वडा नं २ तेम्बे र वडा नं ३ साँघुमा प्रहरी चाैकी तथा वडा नं १ तेल्लाबुङमा सशस्त्र वेस क्याम्प रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय