
इपूर्वपोष्ट
ताप्लेजुङ, १४ असार । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी ‘कमेडी च्याम्पियन २ का प्रतिस्पर्धी भरतमणि पौडेल उपाधी उचाल्ने एक गतिला प्रतिस्पर्धी हुन् । पौडेल बिभिन्न चरण पार गर्दै उत्कृष्ट ६ मा पुग्न सफल भएका छन् । दर्शक तथा निर्णायक मण्डलका समेत उत्कृष्ट प्रस्तुति दिदै प्रिय बन्न सफल भरतमणी पौडेल उपाधिका दावेदार मध्येका एक मानिन्छन् ।
भोटिङ राउन्डमा रहेको प्रतियोगतामा कसरी कसले बाजी मार्ला भन्ने थाहा भने छैन । भोटिङ राउण्ड भएकाले पनि नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले समेत उनलाई भोटकालागि सर्वसाधारण सँग अपिल समेत गरिरहेका छन् । भरतमणिलाई च्याम्पियन बनाउन योगेशले सम्पूर्ण नेपालीसँग सामाजिक सञ्जालमार्फत भोटको अपिल गरेका हुन् ।
योगेशले सामाजिक सञ्जालमा भोटको अपिल गर्दै ‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ का प्रतिस्पर्धीहरु सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणि पौडेल मलाई हास्यव्यङ्ग्य क्षेत्रको उदाउँदो मणि जस्तो लाग्छ । कञ्चनजङ्घाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्र छायाँमा हाम्रै गाउँ घरमा हुर्केका यी ताप्लेजुङे ठिटो हाम्रो त प्रिय छँदैछन्, त्योभन्दा पनि बढी प्रतिभाशाली छन् । कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत होस्टेमा हैंसे गर्दा सबै नेपालीले पनि आनन्दको अनुभूति गर्नुहुनेछ ।’
केही अगाडि पनि योगेशको पहलमा भरतमणिका लागि ६ लाख पुरस्कार समेत घोषणा गरिएको थियो । जसमा १ लाख रुपैयाँ योगेश आफैंले पनि दिएका थिए ।