इपूर्वपोष्ट
ताप्लेजुङ, २३ माघ । कोशी प्रदेश प्रहरी प्रमुख (डिआईजी) चन्द्रकुबेर खापुङले प्रहरीलाई राज्यले दिएको निर्देशमा रहेर काम गर्ने बताउनुभयो । हिमाली जिल्ला ताप्लेजुङको अवस्था बुझ्न आईपुग्नु भएका खापुङले कसैको दवावमा रहेर वा कसैको बहकाउमा लागेर काम नगर्ने बताउनुभयो ।
प्रहरीले जनतालाई सुरक्षा प्रदान गर्नु हो, त्यसमा प्रतिवद्ध भएर काममा लाग्न प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनु भएको छ । सुरक्षा चुनौतिलाई सबै सुरक्षा निकायको सहकार्यमा सापेक्षित समाधान गर्न सकिने समेत बताउनुभयो ।
बिना मतभेद पाथीभरा केवलकार निर्माण भए अति नै प्रभावकारी हुने समेत जानकारी दिनुभयो । डिआईजी खापुङले ताप्लेजुङमा रहेको कञ्चनजंघा, कुम्भकर्ण पर्यटकीय स्थल र प्रशिद्ध पाथीभरा धार्मिक स्थल रहेका साथै अलैचीको उत्पादनले धनि जिल्ला भएकोले यी क्षेत्रलाई संरक्षण गरिएमा अझै फाईदा पुग्ने समेत बताउनुभयो । नेपाल प्रहरी सेनापछिको पुरानो संगठित संस्था भएको भन्दै उहाँले जनताको शान्ति सुरक्षाको जिम्मेवारीलाई कर्तव्यको रुपमा लिएर पूरा गर्न प्रहरी कर्मचारीलाई आग्रह गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय