भोमादेवी पोख्रेल
ताप्लेजुङ, २२ माघ । हिमाली जिल्ला ताप्लेजुङमा नेपाल बैँक लिमिटेडले फुङलिङ नगरपालिका परिषरमा एक्सटेन्सन काउन्टर शाखा स्थापना गरेको छ ।
यो फुङलिङ नगरपालिकामा काउन्टर सञ्चालन सगै कोशी प्रदेशका स्थानीय तहमा यस्ता काउन्टर ३ वटा भएका छन् । नेपाल बैंक लिमिटेडका कोशी प्रदेशका प्रमुख सुर्यप्रकाश भट्टको उपस्थीतिमा फुङलिङ भीमादेवी ओझाको प्रमुख आतिथ्यतामा एक्सटेन्सन काउन्टर शाखा स्थापना गरिएको हो ।
नयाँ स्थापित शाखा मार्फत कर्जा बाहेकका सेवाहरू प्रवाह हुने नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रमुख बसन्धरा आचार्यले बताउनुभयो । उहाँका अनुसार शाखा मार्फत नयाँ २ लाख रुपैयाँ सम्मको भुक्तानी दिइनेछ । सो भन्दा बढीका भुक्तानी लिनुपरेमा अग्रिम जानकारी गराउनुपर्ने समेत शाखा प्रमुख आचार्यले बताउनुभयो । विशेष गरेर नगरपालिका मार्फत गठन हुने उपभोक्ता समिति र व्यक्तिगत दुवै किसिमका खाताहरू समेत खोलिने बताईको छ । नगर कार्यपालिकामै एक्सटेन्सन काउन्टर शाखा स्थापना भएपछि सो आसपासका कार्यालयका सेवाग्राहीले समेत सेवा लिन पाउने भएका छन् ।
ताप्लेजुङका तेल्लोक र सदरमुका २ सहित कोशी प्रदेशमा ३८ ओटा शाखा बिस्तार गरिरहेको नेपाल बैँकले स्थानीय तहमा ३ गरी ८ वटा एक्सटेनसन काउन्टर शाखा बिस्तार गरेको छ । झापाको मेचीनगर नगरपालिका, तेह्रथुमको म्याङलुङ नगरपालिका र ताप्लेजुङको फुङलिङ नगरपालिकामा टा एक्सटेनसन काउन्टर शाखा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय