इपूर्वपोष्ट
ताप्लेजुङ, ३ पुस । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट संकलन भई शुद्धीकरण गरिएको सुन तथा चाँदी बोलपत्र आह्वान मार्फत वेचिने भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले प्रचलित दररेटमा बोल पत्रमार्फत विक्रि गरिने बताउनुभयो । पटक पटक गरेर शुद्धीकरण गरिएको १ सय ७८ तोला सुन र ६१ किलो ८ सय ग्राम चाँदी विक्रि गरिने निर्देशक हाङ्वाङले बताउनुभयो ।
२०७९ साल भदौ ५ गते देखि २०८० साल मंसिर १६ गते सम्म संकलन भएको उक्त परिमाणको सुन प्रचलित दररेटमा बिक्री गरिने समेत पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष रक्कि थेवेले जानकारी दिनुभयो । पहिलो चरणमा ८६ तोला ९३ लाल र दोश्रो चरणमा ९१ तोला ८९ लाल शुद्धीकरण गरि कुल १७८ तोला ८२ लाल शुद्ध सुन रहेकोले सो सुनलाई रकमान्तरण गर्न बोलपत्र मार्फत वेचिन लागेको समेत अध्यक्ष थेबेले बताउनुभयो ।
अध्यक्ष थेवेले संकलन भएको ९२ किलोग्राम ६ सय ५० ग्राम चाँदी शुद्धीकरण गर्दा ६१ किलोग्राम ८ सय ग्राम शुद्धीकरण गरि भण्डारण गरिएको र सो चाँदी पनि विक्रि गरिने बताउनुभयो ।
क्षेत्रविकास समितिको बुधबार वैठक बसी पाथीभरा मन्दिरबाटै संकलन भएको ६ हजार ५ सय ३९ किलोग्राम तामाबाट पाथीभरा क्षेत्रमा प्रवेशद्वार बनाइने निणर्य भएको छ । माथिल्लो फेदीस्थित कान्छीथानमा तामाकै स्वागतद्वार निर्माण भइसकेको छ । तामाको स्वागतद्वारा कति वटा र कहाँ-कहाँ बनाउने भन्ने विषयको निक्र्यौल भने पछि गरिने समेत अध्यक्ष थेवेले बताउनुभयो ।
मन्दिरमा तीर्थालुले चढाएका घण्टीहरु लगायतका अन्य समाग्रीहरुको व्यवस्थापनका विषयमा पाथीभरा क्षेत्र विकास समितिले व्यवस्थापन प्रकृतामा लाने समेत बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय