इपूर्वपोष्ट
ताप्लेजुङ, ९  पुस । नेपाल नेत्र ज्योति संघ र डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङको रजत महोत्सवको उपलक्ष्यमा नेपाल नेत्रज्योति संघ र डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र द्धारा प्रकाशित ‘ज्योति स्मारिका’ पुस्तक सार्वजनिक गरिएको छ ।
जिल्ला सदरमुकाम फुङ्लिङमा रहेको उपचार केन्द्रमा सोमबार आयोजित रजत महोत्सव तथा स्थापना दिवस कार्यक्रमकाबीच ज्योति स्मारिका सार्वजनिक (विमोचन) गरिएको हो ।
नेत्रज्योति संघ शाखा र आँखा उपचार केन्द्रले स्थापनाको २५ औं वर्ष पुगेको अवसरमा रजत महोत्सव वार्षिक उत्सव मनाएको हो । रजत महोत्सवकै अवसरमा प्रकाशित ज्योति स्मारिकाको नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष डाक्टर चेतराज पन्त, प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम लगायतले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । सो स्मारीकामा अहिले सम्म जिल्लाबासीका मोतिया विन्दु तथा विभिन्न कारणबाट बन्ध भएका आखाँ उपचार पछि संसार देखेको कुरा समेतलाई समेटिएको छ ।
स्मारिका सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य निर्मला तावा लिम्बू, पूर्व प्रदेशमन्त्री बलबहादुर साम्सोहाङ लगायतको उपस्थिति रहेको थियो । नेत्रज्योति संघ तथा संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र स्थापना भएदेखि हालसम्मको स्मरणयोग्य गतिविधिको संगालोका रुपमा ज्योति स्मारिका प्रकाशन गरिएको हो ।
स्मारिकामा विनिन्न व्यक्तित्वद्वारा लिखित लेख, साहित्य, अन्य रचना तथा संस्थाले गरेको गतिविधि समावेश भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभाति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । ज्योति स्मारिका प्रकाशन उपसमितिका संयोजक समेत रहनुभएका अधिकारीले संस्थाको इतिहासलाई दीर्घकाल सम्म जीवित राख्न स्मारिका पुस्तक प्रकाशन गरिएको समेत जानकारी दिनुभयो । प्रकाशित ज्योति स्मारिका ९६ पृष्ठको रहेको छ ।
यसरी तीन दिनसम्म मनाउने गरी सुरु भएको रजत महोत्सवको मुख्य कार्यक्रम सोमबार स्मारिका सार्वजनिक सँगै विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । शुभकामना आदानप्रदान, सम्मान तथा कदरपत्र वितरण, सांगीतिक प्रस्तुति लगायतका कार्यक्रम गरिएको छ । रजत महोत्सवको पहिलो दिन आइतबार सदरमुकाममा आँखा सचेतना सम्बन्धी प्रभातफेरी गरिएको थियो ।
त्यस्तै महोत्सवको तेस्रो वा अन्तिम दिन मंगलबार फुङ्लिङमै नेपाल नेत्र ज्योति संघ, कोशी प्रदेश समितिको दोस्रो अधिवेशन हुने संघका जिल्ला सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले नयाँ प्रदेश समिति समेत चयन गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय