
फाईनलमा मोरङ र सुनसरी भिड्ने
इपूर्वपोष्ट
ताप्लेजुङ, ९ पुष । ताप्लेजुङ जिल्लामा भई रहेको प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप फुटवल प्रतियोगताको दाश्रो सेमीफाईनल खेलमा पाँचथर फुटबल क्लव पाँचथर लाई ट्राईवे्रकरमा हराउदै सगरमाथा फुटवल क्लब मोरङ फाईनलमा प्रवेश गरेको छ ।
भानुजन माध्यमिक विद्यालयको प्राङ्गडमा भईरहेको दोश्रो सेमिफाइनल खेलामा मोरङले ५–४ को अन्तरले पाँचथरलाई पाखा लागाउदै फाईनलमा प्रवेश गरेको हो ।
खेल समय भरीमा दुवै टिमबाट १–१ गोल गर्दै खेल बरावरी भएको थियो । खेलको ५० औ मिनेटमा पाँचथर फुटवल क्लवका नितेश राईले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ईन्चुरी समयको ८६ औ मिनेटमा मोरङका विशाल भण्डारीले १ गोल गर्दै खेललाई बरावरी बनाएका थिए । खेल ट्राईवेरकमा धकेलिएको खेल पाँथरलाई हराउदै मोरङ फाईनलमा पेगेको छ ।
पाचथर फुटवल क्लब पाचथरले झापाको जलथल फुटवल क्लवलाई सोमीफाईनलमा प्रवेश गरेको थियो भने सगरमाथा फुटवल क्लब मोरङले विटी फुटवलक्लब तेह्रथुमलाई हराउदै सेमीफाईनलमा प्रवेश गरेको थियो ।
फाईनलमा चक्रघट्टी फुटवलक्लब सुनसरीले आठराई क्लब तेह्रथुमलाई १–० गोल गर्दै फाईनलमा प्रवेश गरेका छ भने सोमाबार आज भएको खेलमा पाचथरलाई हराउदै मोरङ फाईनलमा प्रवेश गरे सगै सुनसरी र मोरङ फाईलमा भिड्ने भएको आयोजक समितिले जनाएको छ । फाईनल खेल भने बुधबार हुने समेत बताईएको छ ।
कञ्चनजंघा सोसेलुङ गोल्डकप फुटवल प्रतियोगिताको विजेता र उपविजेतालाई क्रमशः नगद ३ लाख २ हजार ८० र १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।