
पूर्वपोष्ट
ताप्लेजुङ, ८ पुष । ताप्लेजुङ जिल्लामा भई रहेको प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप फुटवल प्रतियोगताको आईतबार भएको खेलमा चक्रघट्टी फुटबल क्लब सुनसरी फाइनलमा प्रवेश गरेको छ । भानुजन माध्यमिक विद्यालयको प्राङ्गडमा भईरहेको पहिलो सेमिफाइनल खेलामा आठराई गाउँपालिका तेह्रथुमलाई १–० गोल अन्तरले हराउदै सुनसरी फाइनलमा प्रवेश गरेको हो ।
आईतबार भएको खेलमा चक्रघट्टीका जर्सि नंम्बर ९ का आकाश राईले खेल शुरु भएको २८ औं मिनेटमा गोल गरेका थिए । उत, तेह्रथुमका खेलाडिले अनेकन प्रयास गर्दा पनि गोला गर्न नसिकि आकाश राईकै गोला निर्णायक बनि फाईनलमा प्रवेश गरेको छ । सुनसरी चक्रघट्टीले पहिला भएका खेलहरुमा ताप्लेजुङलाई र तेह्रथुमले धनकुटालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए ।
सेमिफाइनलको दोश्रो खेलमा पाँचथर फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङ बीच प्रतिष्पर्धा हुँदैछ । पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थिायो भने सगरमाथाले बी. टी. फुटबल क्लब तेह्रथुमलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
सोमबार हुने खेलमा बिजय हासिल गर्ने टिमले फाइनलमा सुनसरी सँग अन्तिम खेल खेल्ने आयोक समितिले जनाएको छ । सो कञ्चनजंघा सोसेलुङ गोल्डकप फुटवल प्रतियोगिताको विजेता र उपविजेतालाई क्रमश नगद ३ लाख २ हजार ८० र १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ । उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ ।
त्यस्तै लिम्बू समुदायमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुषकाँड, हाक्पारे, ख्याली सहितका प्रतियोगिता हुने भएका छन् । च्याब्रुङ नाच तर्फको प्रथमले ५० हजार, द्वितीयले ४० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने बताईएको छ । उत, धान नाचतर्फ प्रथमहुनेलाई १५ हजार, द्धितियलाई १० हजार र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने छ ।