इपूर्वपोष्ट
ताप्लेजुङ, २८ असोज । ताप्लेजुङ जिल्लाका सहयक प्रमुख जिल्ला अधिकारी तथा साहित्यकार टङ्क भट्टराईले लेख्नुभएको ‘ठाँटीको घाम’ नामक उपन्यास आईतबार सार्वजनिक (विमोचन) गरिएको छ । दशैको घटस्थापनाको अवसर पारेर सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमबीच उपन्यास सार्वजनिक गरिएको हो ।
ताप्लेजुङ स्थित जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) ले संयुक्त रुपमा उपन्यासको सार्वजनिक गर्नु भएको थियो ।
काठमाडौंको बुढानिलाकण्ठ घर भएका साहित्यकार एवम् उपन्यासकार भट्टराईको ठाँठीको घाम नामक उपन्यास तेस्रो कृति उहाँले बताउनुभयो । ताप्लेजुङमा प्रशासनको क्षेत्रमा कार्यरत साहित्यकार भट्टराईले आफु जुन ठाउँमा काम गरिदै छ त्योही ठाउँबाट आफ्नो कृति उपन्यास सार्वजनिक गर्ने योजना बनाएर बमोजीम नै सर्वजनीक गरिएको बताउनुभयो ।

आफ्नो योजना अनुसार छोटो समयभित्रै कृति मुद्रणको कार्य सम्पन्न गरी हाल कर्यारत भएको जिल्ला ताप्लेजुङबाट नै उपन्यासको सार्वजनिक गर्न सफल भएको पनि उपन्यासकार भट्टराईले बताउनुभयो । उहाँले प्रकाशित कृति ‘ठाँटीको घाम’ उपन्यासका विषयमा ताप्लेजुङबासीको तर्फबाट प्राप्त गरेको सकारात्मक सुझाव, हौसला र प्रसंसाप्रति आभार पनि व्यक्त गर्नुभयो ।
ठाँटीको घाम उपन्यासभित्र विभिन्न ५२ वटा खण्डमा छुट्टाछुट्टै कथा तथा विषयवस्तु समेटिएका छन् भने उपन्यास २४५ पृष्ठको रहेको छ । उपन्यासको समीक्षा स्थानीय साहित्यकार तथा लेखक शान्तिराम नेपाल र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष आनन्द गौतमले गर्नुभएको थियो ।
ठाँटीको घाम उपन्यास रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको हो । आवरण लेआउट सोलुसन ग्राफिक्स डिजाइनले गरेको छ । भट्टराईका यसअघि पहिलो कृतिको रुपमा ‘साँझमा पारिलो तारा–२०६७’ कविता सङ्ग्रह र दोस्रो कृति ‘म पनि बग्दैछु साप्सु–२०७३’ कथा सङ्ग्रह प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय