
संगीता कार्की
ताप्लेजुङ, १४ असोज । मेरिङदेन गाउँपालिका वडा नं. ३ का जेष्ठ नागरिकलाई सम्मान तथा शिरक वितरण गरिएको छ ।
३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वडा कार्यालयले ६८ वर्ष माथिका ३२ जना पुरुष र २८ महिलागरी ६० जना जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै न्यानो सिरक वितरण गरेको वडाध्यक्ष गजिन्द्रकुमार नाल्बोले बताउनुभयो ।
सम्मानित हुनेमा सबैभन्दा बृद्ध ८८ बर्षका पुरुष हिमालसिंह नाल्बो र महिलातर्फ ७७ वर्षीया बुधरानी लिम्बू रहनुभएको वडाध्यक्ष लिम्बूले बताउनुभयो । जेष्ठ नागरिकलाई सम्मानसँगै उहाँहरुलाई एक–एक वटा न्यानो सिरक वितरण गरिएको समेत लिम्बुले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष दुर्गाबहादुर श्रेङचोङ्बाङको उपस्थितिमा जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । वडाबाट विनियोजित एक लाख रुपियाँ रकम खर्चिएर वडाबासी जेष्ठ नागरिकको सम्मान गरिएको पनि वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।