संगीता कार्की
ताप्लेजुङ, १२ असोज । ताप्लेजुङमा बोलेरो र मोटरसाईकल एक आपसमा ठोकिदा मोटर साईकल चालक सक्त घाइते भएका छन् ।
मेची राजमार्गको कावेली फुङलिङ सडक खण्डको फुङलिङ ७ दोखु ऐश्वर्याचोकमा धरानबाट आउदै गरेको को १ ज २५२७ नम्बरको बोलेरो र विपरित दिशाबाट आउदै गरेको प्र १ –०३ –००१–४२९० नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा मोटर साईकल चालक मेरिङदेन १ थिङलाबुका २८ बर्षिय अनिल शेर्पा गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइते शेर्पाको टाउको, छाती, दुवै खुट्टामा चोटपटक भएको प्रहरीले जनाएको छ । दुर्घटना भएपछि घईते शेर्पालाई जिल्ला अस्पताल ल्याईएको थियो । अस्पतालमा उपचार सम्मभव नभएपछि थप उपचारको लागि जिल्ला बाहिर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय