संगीता कार्की
ताप्लेजुङ, २१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेले आफ्नो जीवनमा देशमा रहेका गरिब जनता समृद्धि तिर डोहो¥याउन र विकास निर्माणलाई केन्द्रमा राख्ने बताउनु भएको छ ।

ताप्लेजुङको फुङलिङमा भएको आमसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफ्ना लागि र आफ्नाहरूका लागि लाभको राजनीति नगर्ने र बोलेको गरेर देखाउने समेत बताउनु भएको छ । देशको हित, युवाहरूलाई विदेश जानबाट रोक्ने, देशको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन अपरिहार्य रहेको उहाको उत्घोष थियो । ताप्लेजुङको फुङलिङमा आयोजित खुल्ला सभालाई बिहीबार सम्बोधन गर्दै लामिछानेले वर्षै देखि राजनितीको रोटी सेक्नेहरुले देशलाई विभिन्न मुद्दामा नेपाली जनतालाई विभाजित गरेर चुनाव जित्ने सहारा अन्त्य गर्नु पर्ने बताउनुभयो ।

अन्य दलहरूमा काठमाडौंमा बसेर ताप्लेजुङमा कसकसलाई जनप्रतिनिधिको तथा संगठनको जिम्मा दिने त्यसको केन्द्रबाटै निश्चित हुने तर रास्वपाले त्यस्तो नगर्ने प्रारम्भिक निर्वाचन प्रणाली छ यहीका जनताले आफ्ना जनप्रतिनीधी तथा संगठनमा कसकसलाई छनौट गर्ने उहाको भनाई थियो ।
यहाका बहुसख्यक मानिसको रुचि र चाहाना अनुसार नामाङ्कन हुनुपर्छ’ कोशी प्रदेशको नामाङ्कन बारे भइरहेको विवाद बारे सभापतिले यतिमात्र बढि बोल्न चाहेनन् । नेपाली जनताले २०८४ को निर्वाचनमा रास्वपालाई मुलुककै पहिलो शक्तिको रुपमा हेर्न चाहेको भन्दै उहाले देशभरि नै जनलहर देखिएको उहाको धारण छ । पार्टीका नेता तथा प्रतिनिधिसभाका सांसद डोलप्रसाद अर्याल, डाक्टर तोसिमा कार्की , केन्द्रीय सदस्य रमेश प्रसाईँ , प्रदेश सदस्यले बुधबार नै सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय