केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २० भाद्र । ‘ताप्लेजुङ गोल्डकप’को उपाधी रेडहर्ष फुटबल क्लव ईलामले उचालेको छ । मंगलबार रेडहर्ष क्लव ईलाम र जुटविकास एकेडेमी ईटहरी सुनसरी वीच भएको फाईनल खेलमा १–० गोलले हराउदै उपाधी हात पारेको हो ।
रेड हर्षका तर्फबाट खेलको ३१ मिनेटमा शरन बस्नेतले गोल गर्दै खेललाई अग्रता दिएका थिए । सोही गोल नै निर्णायक बनेको छ । जुटविकास एकेडेमी ईटहरी सुनसरी भने दोश्रोमा चित्तबुझाउनु पेरको छ । खेल भरीमा जुटविकास एकेडेमी पटक पटक गोल गर्न प्रयास गरेपनि गोल भने गर्न सकेन । मैदानको मध्यभाग भन्दा केहि अघिबाट बिशाल तामाङले गरेको फ्रि–किक प्रहारलाई हेडरमार्फत खेलको ३१ औं मिनेटमा रेडहर्षका लागि शरण बस्नेतले उत्कृष्ट गोल गर्नुभयो । शरणको त्यो गोल नै रेडहर्षलाई उपाधि दिलाउन निर्णायक बन्यो ।
बिजेता बनेको रेडहर्ष फुटबल क्लव इलामले गोल्डकपका साथ नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँ समेत हात पारेको छ । उपबिजेता जुट विकास फुटबल एकेडेमी सुनसरीले नगद १ सय ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
उता, खेलको उत्कृष्ट खेलाडी रेडहर्ष क्वल ईलामका शरन बस्नेत हुनुभएको छ । राइजिङ् प्लेयर मानाभार युथक्लव ताप्लेजुङका दिपेश लिम्बु बनेका छन् । बेष्ट गोलकिपर रेडहर्ष कै विवेक मगर बनेका छन् । बेष्ट डिफेन्डर जुटविकास एकेडेमी ईटहरी सुनसरीका रमेश राजबंशी बनेका छन् । बेष्ट मिटफिल्डर जुटविकास ईटहरी कै रोहन कार्की भएका छन् । हाई स्कोर रेडहर्ष ईलामका आषिस राई, बेष्ट कोच रेडहर्ष ईलाम कै पासाङ शेर्पा भएका थिए । उनिहरुले जनही ७ हजार रुपौया, प्रमाण पत्र र ट्रफि प्राप्त गरेका थिए ।
मध्यान्तर पछिको खेलमा रेडहर्षले पनि गोल गर्न कयौं अवसर गुमाएको थियो । खेल सकिन ११ मिनेट बाँकी रहँदा डिवक्स नजिक ईटहरीका सञ्जय श्रेष्ठले हेण्ड गरेपछि पाएको फ्रि–किकलाई बिशाल तामाङले सहि दिसा दिन सक्नु भएन । संयोग यो होकी,फाईनलमा स्थान सुरक्षित गर्ने क्रममा रेडहर्ष र जुट विकास दुबैले सेमीफाईनलमा ट्राईबेकरबाट बिपक्षी टिमलाई हराएका थिए । रेडहर्षले डिफेण्डिङ च्याम्पियन रेडस्टार बिर्तामोड झापालाई र जुट विकासले पथरी–११ मोरङलाई समान ५–४ गोल अन्तरले हराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय