केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १८ भाद्र । रेडस्टार फुटबल क्लव बिर्तामोड झापालाई ट्राईबेक्ररमा हराउदै ‘ताप्लेजुङ गोल्डकप’ को फाईनलमा रेडहर्ष फुटबल क्लव इलाम प्रवेश गरेको छ । मंगलबार भएको सेमीफाईनलको दोश्रो तथा अन्तिम खेलमा रेडहर्ष फुटवल क्लाव ईलाम फाईनलमा प्रवेश गरेको हो ।
रेडस्टर फुटबल क्लब बिर्तामोड झापालाई रेडहर्ष फुटवल क्लव ईलामले ट्राईबेक्ररमा ५–४ गोल गर्दै ईलाम फाईनलमा पुगेको हो । ट्राईबेकरमा रेडहर्षका विशाल लामा, आशिष् लाओती, पिकेश लोक्ताम, छिरिङ गुरुङ र विवेक मगरले गरेका ५ वटै प्रहार गोलमा परिणत भएपछि रेर्डहर्ष फाईनलमा प्रबेश गरेको हो । उता, रेडस्टार विर्तामोड झापाका खेलाडी मिलन राई गोल गर्न सकेनन् । निशान लिम्बू, जीवन गुरुङ, मिलन राई र मनोज राईको प्रहार भने गोलमा परिणत भएको थियो।
खेलको निर्धारित समयमा दुवै तीरबाट १–१ गोल भएर बराबर भएपछि खेल ट्राईवेकरमा धकेलिएको थियो । खेलको १५ मिनेटमा रेडहर्ष ईलामका खेलाडी आशिस राईले एक गोल गर्दै १ टिमलाई अग्रता अग्रता दिलाएका थियो । विदेशी दुई खेलाडी समेत उतारेको रेडस्टार विर्तामोड झापाले आक्रामक रुपमा बारम्बार गोल गर्न खोजेपनि गोल गर्न सकेको थिएन ।
तर, खेलको अन्तिम ४ मिनेट बाकी हुदा आर्थात खेलको ८६ औ मिनेटमा विदेशी खेलाडी अब्दुलले १ गोल गर्दै खेललाई बराबरी बनाएका थिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । भने उपबिजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । यो रकम यसअघिकै प्रतियोगितामा घोषित रकम हो ।
२०२९ सालबाट बिभिन्न नाममा सञ्चालन हँुदै आएको प्रतियोगिता पछिल्लो समय लाखेजात्रा खेल सञ्चालन समितिका नामबाट निरन्तर बढ्दै आएको छ । २०७७÷२०७८ सालमा कोरोना संक्रमणका कारण र २०७९ सालमा प्रतियोगिता सञ्चालन स्थल भानुजन माविको खेल मैदान पुर्ननिर्माण सहितका कारणबाट प्रतियोगिता रोकिएको सञ्चालन समितिले जनाएको छ ।

रेडहर्ष क्लव ईलाम र जुटविकास एकेडेमी ईटहरी फाईनलमा भिड्ने

‘ताप्लेजुङ गोल्डकप’को फाईनलमा ईलाम र सुनसरी भिड्ने भएका छन् । सोमबार र मंगलबार भएको सेमीफाईनल खेलमा बिजयी बनेर फाईनलमा प्रबेश गरेका दुई टिम विच बुधबार फाईनल खेल हुने भएको छ ।
सोमबार भएको खेलमा निर्धारीत समयमा दुवै तर्फबाट गोल हुन नसकेर ट्राईबेक्ररमा जुट विकास फुटबल एकेडेमीले पथरी–११ स्पोटिङ क्लवलाई ५–४ गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा गरको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय ट्राईबेकरबाट लिइएको थियो ।
त्यस्तै मंगलबार भएको रेडस्टर फुटबल क्लब बिर्तामोड झापालाई रेडहर्ष फुटवल क्लव ईलामले ट्राईबेक्ररमा ५–४ गोल गर्दै ईलाम फाईनलमा पुगेको थियो । यी दुई टिम वीच बुधबार फाईनल खेल हुने फुटवल संचालक समितिका अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय