इपूर्वपोष्ट
ताप्लेजुङ, १८ भदौ । काठमाण्डौं देखि ताप्लेजुङको सुकेटारमा करिब तीन महिना देखि बन्द भएको हवाई सेवा आज(सोमबार) देखि शुरुभएको छ ।
नेपाल एअरलाईन्सले करिब तीन महिना पछि काठमाण्डौ सुकेटार उडान सुरु गरेको हो । खराब मौषम लगायतका कारण गएको जेठ २४ गतेदेखि काठमाण्डौ सुकेटार उडान बन्द भएको थियो ।
मौसममा सुधार आए सँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एअरलाईन्सका ताप्लेजुङका प्रमुख सचिन तिवारीले बताउनुभयो । लामो समयपछि भएको उडान मार्फत काठमाण्डौबाट ६ जना यात्री ताप्लेजुङ आएकाछन् ।
ताप्लेजुङबाट भने १ जना यात्री काठमाण्डौ गएकाछन् । नेपाल एयरलाइन्सले साताको सोमबार, विहिबार र शनिबार नियमित उडान हुने प्रमुख तिवारीले बताउभएको छ । करिब १८ सय मिटरको उचाईमा रहेको सुकेटार विमानस्थलमा वर्खाको समयमा प्राय हुस्सु लाग्ने भएकाले उडानमा कठिनाई हुने गरेको छ ।
यसैबीच पहिलाको भन्दा भाडादर पनि उडानको भाडा दर समेत घटाईएको छ । काठमाण्डौ ताप्लेजुङको भाडा यस अघि ९ हजार ६५३ रुपैँया थियो । सो भाडा घटाएर अहिले ८ हजार ६०० कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाण्डौको भाडा यसअघि ९ हजार ४५३ रुपैँया भएकोमा यसलाई घटाएर ८ हजार ४०० रुपैँयामा झारिएको छ ।
मौषममा क्रमस सुधार आएको र चाडबाड नजिकिएकाले नियमित रुपमा उडान हुने विमानस्थलको विस्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभाव समेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय