
भोमादेवी पोख्रेल
ताप्लेजुङ, १७ भाद्र । युनाईटेड खर्साङ दार्जेलिङ फुटवल क्लवलाई १–० गोलले हराउदै रेड स्टार विर्तामोड झापा ताप्लेजुङमा भईरहेको ‘ताप्लेजुङ गोल्डकप’को सेमीफाईलामा प्रवेश गरेको छ ।
विदेशी नागरीक समेत समाबेश गरेको रेड स्टार फुटवल विर्तामोडले खेलको २९ मिनेटमा विदेशी नागरिक जोन क्लोरीले १ गोल गर्दै १–० बनाएको थियो । दार्जेलिङको तर्फबाट पटक पटक गोल फर्काउने प्रयास गरेपनि गोलहुन नसकि बाहिरिएको छ । खेल अपराह्र ४ बजेबाट शुरु भएको थियो । आईतबारबाट शुरु चरणका खेलहरु सकिएका छन् ।
नक आउटको आधारमा खेलाईएको यो गोल्डकप प्रतियोगीताको सेमी फाईनलका खेलहरु सोमबार देखि हुने आयोजकले बताएको छ । आईबार हुने पहिलो सेमीफाईनलको खेलमा पथरी ११ फुटवल क्लव मोरङ र जुटविकास फुटवल क्लब सुनसरी विचहुने गोल्डकप संचालक समितिका अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । भने उपबिजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यो रकम यसअघिकै प्रतियोगितामा घोषित रकम हो ।
२०२९ सालबाट बिभिन्न नाममा सञ्चालन हँुदै आएको प्रतियोगिता पछिल्लो समय लाखेजात्रा खेल सञ्चालन समितिका नामबाट निरन्तर बढ्दै आएको छ । २०७७÷२०७८ सालमा कोरोना संक्रमणका कारण र २०७९ सालमा प्रतियोगिता सञ्चालन स्थल भानुजन माविको खेल मैदान पुर्ननिर्माणका कारणबाट रोकिएको सञ्चालन समितिले जनाएको छ ।