
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १५ भाद्र । ताप्लेजुङमा भईरहेको ‘ताप्लेजुङ गोल्डकप’को दोश्रो दिनको खेलमा रेडहर्स फुटवल क्लव ईलामले गोर्खा स्पोटिङ क्लव दमक झापालाई पराजीत गर्दैै सेमीफाईलनलको यात्रा तय गरेको छ ।
विदेशी खेलाडी समेतलाई खेलमा उतारेको गोर्खा स्पोटीङ क्लव भने खेलको पहिलो चरणबाट नै बाहिरिएको छ । रेडहर्स फुटबल क्लब ईलामले गोर्खा स्पोटीङ क्लवलाई २–० गोल गर्दैै सेमीफाईनलमा प्रवेश गरेको हो ।
खेलको ११ औ मिनेटमा रेर्डहर्स फुटवलव क्लबका यूवराज राईले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । बारम्बारको प्रयासमा गोर्खा स्पोटिङ क्लवले गोल गर्न सकेन भने खेलको ६४ औ मिनेटमा रेडहर्स कै विसाल राईले १ गोल गर्दै टिमलाई २–० बनाएका थिए । राईले गरेको गोल नै निर्णायक बन्यो । शुक्रबार भएको खेलको म्यान अफ दी म्याच रेडहर्स ईलाम कै आशिस राई हुनुभएको फुटबल सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङले बताउनुभयो । खेलको तेश्रो दिन शनिबार फिदिम स्पोटिङ क्लब पाँचथर र पथरी ११ मोरङ बिच हुने अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । भने उपबिजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । यो रकम यसअघिकै प्रतियोगितामा घोषित रकम हो ।
२०२९ सालबाट बिभिन्न नाममा सञ्चालन हँुदै आएको प्रतियोगिता पछिल्लो समय लाखेजात्रा खेल सञ्चालन समितिका नामबाट निरन्तर बढ्दै आएको छ । २०७७ र २०७८ सालमा कोरोना संक्रमणका कारण र २०७९ सालमा प्रतियोगिता सञ्चालन स्थल भानुजन माविको खेल मैदान पुर्ननिर्माण सहितका कारणबाट प्रतियोगिता रोकिएको सञ्चालन समितिले जनाएको छ ।