इपूर्वपोष्ट

ताप्लेजुङ, १४ भाद्र । ताप्लेजुङमा विहिबार देखि शुरु भएको ‘ताप्लेजुङ गोल्डकप’को पहिलो खेलमा जुटविकास फुटवल एकेडेमी ईटहरी सुनसरीले घरेलु टिम मानाभारा स्पोटीङ क्लव ताप्लेजुङलाई ट्राईव्रेकरमा पराजीत गर्दौ सेमीफाइनलमा प्रवेश गरेको छ ।
जुट विकास फुटबल एकेडेमीले मानाभरा स्र्पोटिङ क्लवलाई ट्राईबेक्ररमा ५–४ गोल गर्दैै सेमीफाईनलमा प्रवेश गरेको हो । दुबै टिमले खेल अवधिमा १–१ को बराबरी खेलेपछि खेल ट्राईबेक्ररतर्फ धकेलिएको थियो । जुट विकासका रोहन कार्कीले खेलको २६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउनु भएको थियो । खेलको ७३ औं मिनेटमा बिपक्षी टिमका खेलाडीले गोलपोष्ट भन्दा करिव २५ यार्ड टाढा फाउल गरेपछि प्राप्त भएको फ्रि–किकलाई गोलमा परिणत गर्दै जुट विकासका रोहनले बनाएको अग्रता खेलको ७२ औं मिनेट सम्म टिक्यो ।
मानाभार क्लब ताप्लेजुङले फ्रि–किकको मौका पायो । त्यो मौकालाई मानाभराका लखन लिम्बूले गोलमा परिणत गर्दै लखनले टिमलाई बराबरीमा ल्याउनुभयो । ट्राईवेकमा पुगर गृह टिम यसबर्षको गोल्डकपबाट बाहिरिएको छ । अधिकाँस ‘ए’ डिभिजन लिग खेलेका खेलाडीको साथ ताप्लेजुङ गोल्डकपमा खेल्न आएको जुट विकास फुटबल एकेडेमी सेमीफाईनलमा प्रबेश गरेको छ ।


८ टिम सहभागी प्रतियोगिताको दोस्रो दिनको खेलमा रेडहर्ष स्पोर्टिङ क्लव इलाम र गोर्खा स्पोर्टिङ क्लव दमक झापाको खेल भोली शुक्रबार ३ बजे देखि हुने ताप्लेजुङ गोल्डकप सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङले बताउनुभयो । पहिलो खेल जितेको जुट विकास फुटबल एकेडेमी भने अब फाईनल प्रवेशका लागि शनिवार हुने फिदिम स्र्पोटिङ क्लव पाँचथर र मोरङको पथरी–११ फुटबल क्लवको बिजेतासंग भदौ १८ गते भिड्ने छ । फुटवल सञ्चालन हुनु अगाडी प्रतियोगिताको उद्घाघाटन गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेता टिमले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । यो रकम यसअघिकै प्रतियोगितामा घोषित रकम हो । २०२९ सालबाट बिभिन्न नाममा सञ्चालन हँुदै आएको प्रतियोगिता पछिल्लो समय लाखेजात्रा खेल सञ्चालन समितिका नामबाट निरन्तर बढ्दै आएको छ । २०७७ र २०७८ सालमा कोरोना संक्रमणका कारण र २०७९ सालमा प्रतियोगिता सञ्चालनस्थल भानुजन माविको खेल मैदान पुर्ननिर्माण सहितका कारणबाट प्रतियोगिता रोकिएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय