
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ११ भदौ । ताप्लेजुङमा अवस्थीत पाथीभरा मन्दिरमा ४६ देशका मुद्रा भेटिएका छन् । ३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको प्रसिद्ध तीर्थ स्थल पाथीभरामा तीर्थयात्रीहरुले चडाएका ४६ देशका मुद्रा भेटिएका हुन् ।
पाथीभरा क्षेत्रविकास समितिबाट आर्थिक बर्ष २०७९/०८०को आय व्यय विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै अमेरीकाको मुद्रा ३ हजार ३ सय १९ रुपैया रहेको, कतार रियल ३ हजार ९ सय ५२ रहेको क्षेत्रविकास समितिका निर्देशक मनमणी काफ्लेले बताउनुभयो । उता, सबै भन्दा थोरै भने रोमानीयाको मुद्रा (रोमानीया लिउ) १ मात्र रहेको निर्देशक काफ्लेले जानकारी दिनुभयो । त्यसैगरी साउदी अरव, मलेसीया, भुटान, कुवेत, हङ्कङ, कोरीया, दुबही, बहराईन, चीन, जापान, मालदीप्स लगायत देशका नेपाली रुपैयामा परिणत गर्दा लाखौ बराबरको रकम रहेको सम्मेलनमा सार्बजनीक गरएको छ । सम्मेलनमा धेरै रङ्गलागेर रातो भएका र केही मुद्राहरु च्यातीएका रहेको पनि बताईएको छ । ती मुद्राहरु सटहीको लागि सम्बन्धित निकायलाई पत्रकार सम्मोलन मार्फत आग्रह समेत गरिएको छ ।
सम्मेलनमा आर्थिक बर्ष २०७९/०८० मा ८ करोड ५९ लाख ९७ हजार १९४ रुपैयाको कारोबार भएको बताईएको छ । कारोबार मध्ये गतबर्षको साउन १ गते देखि असार मसान्त सम्ममा तीर्थयात्रीहरुले चडाएको भेटीबाट ३ करोड ४ लाख ६२ हजार ३९७ रुपैंया जम्मा भएको थियो । भने दाताबाट सिधै पाथीभरा मन्दिरको खातामा बैंक जम्मा १४ लाख ५४ हजार ४०३ रुपैया गरि ३ करोड १९ लाख १६ हजार ८ सय रुपैया जम्मा भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्कि थेवेले बताउनुभयो ।
त्यसैगरि अघिल्लो बर्षको मौज्दात ५ करोड ३ लाख १८ हजार ४८५ रुपैया रहेको पनि सार्वजनीक गरिएको छ । उता, व्ययतर्फ कर्मचारीलाई तलब ज्यालादारी ५७ लाख ५४ हजार ६९० रुपैया, फोहोर व्यवस्थापनमा ८७ हजार ८०० लगायत गरि ७१ लाख ८६ हजार ९९० रुपैंया खर्च भएको समेत पत्रकार सम्मलेलनमा जानकारी गरिएको छ । एता, अहिले बैंक मौज्दात ७ करोड ८८ लाख १० हजार २०५ रुपैंया रहेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा भेटीवाट २ करोड ८९ लाख ४१ हजार रुपैंया जम्मा भएको थियो ।
एता, समिति सँग हाल १ र २ का सिक्का ११ लाख ६० हजार र भारतीय नोट १९ लाख ६४ हजार ५४० रुपैया रहेको पत्रकार सम्मेलनमा सार्वजनीक गरिएको छ । एता, अहिले रिफाईन गरिएको सुन ८५ तोला र चादी ४ हजार ८९२ तोला रहेको समेत बताईएको छ ।
आर्थिक बर्ष २०७९/०८० मा २ लाख १ हजार ४४८ जनाले पाथीभारको दर्शन गरेको समेत सार्बजनीक गरेको छ । आर्थिक बर्षको १२ महिना मध्ये बैशाख महिनामा ३५ हजार ६६४ जनाले पाथीभराको दर्शन गरेका छन् । भने दोश्रोमा चैत्र महिनामा ३० हजार ६१८ जना, जेठ महिनामा २७ हजार २१७, मंसिरमा २३ हजार ३६६ जनाले पाथीभरा दर्शन गरेका छन् । सबै भन्दा थोरै साउन महिनामा १ हजार ७९५ जनाले पाथीभरा दर्शन गरेको अध्यक्ष थेवेले बताउनुभयो । अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा दुईलाख १४ हजारले तीर्थ यात्रा गरेको बताईएको छ । यसवर्ष अधिक मास परेकाले पनि तीर्थयात्रीहरु कम आएको बताईएको छ ।
आगामी योजना
पाथीभरामा आएका तीर्थयात्रीबाट उठेको बैकमा रहेको ७ करोड ८८ लाख १० हजार २०५ रुपैंया रकम सोही क्षेत्रको विकासकालागि खर्चिने योजना रहेको पत्रकार सम्मेलनमा बताईएको छ ।
जसमध्ये माथिल्लो फेदीबाट तीर्थयात्री हिड्ने बाटोमा फाईवर ट्रष्टबनाउने योजना रहेको छ । सोका लागि ३ करोड रुपैयाको ठेक्का खुलाई काम लगाउने अध्यक्ष थेवेले बताउनुभयो । त्यसैगरी पाथीभरा मन्दिरका पाटी तथा विभिन्न घरको छानाबाट आएको छानाको पानी संकलन गर्न ट्याङ्की बनाउ तथा भएका पानी ट्याङ्कीहरुलाई तारबेरा गर्न लगायतका कामको लागि ७२ लाख रुपैंया खर्च गरिने समेत पत्रकार सम्मेलनमा बताईएको छ ।