
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ४ भदौ । तीन बर्ष देखि रोकिएको फुटवल प्रतियोगीता ताप्लेजुङ गोल्ड कपको नाममा खेलाईने भएको छ । गतबर्षहरुमा पाथीभरा गोल्डकपको नामले खेलाईदै आएको सो फुटवल प्रतियोगीता यस बर्ष भने ‘ताप्लेजुङ गोल्ड कप’को नाममा हुन लागेको हो । २०२९ साल देखि लाखेजात्राको अवसरमा निरन्तर हुँदै आएको प्रतियोगिता पछिल्लो तीन वर्षयता ठप्प थियो ।
दुई वर्ष कोभिड महामारीका कारण खेल रोकियो । गत वर्ष भने खेल मैदानका कारण भएन । यो वर्ष भने प्रतियोगिता हुने पक्का भएको छ । छोटो समयको तयारीमा फुटबल हुने भएको हो । लाखेजात्रा फुटवल खेल सञ्चालक समिति पत्रकार तथा पूर्व फुटबल खेलाडी देवराज गुरुङको अध्यक्षतामा खेल सञ्चालन हुने भएको छ । रक्षाबन्धन (जनैपूर्णिमा)मा शुरुभएर अर्थात आगमी भदौ १४ गतेको दिन सुरु भएर श्रीकृष्ण जन्माष्टमी अर्थात भदौ २० गते समापन हुने अध्यक्ष गुरुङले बताउनुभयो । यस बर्ष ताप्लेजुङ गोल्डकप प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख लाग्ने अनुमान छ । फुङलिङ नगरपालिकाका अध्यक्ष अमिर मादेनले ५ लाख सहयोग दिने घोषणा गरेबाहेक अन्य रकम अहिले सम्म नजुटेको बताईएको छ ।
अगाडीका बर्षमा खेलमा प्रथम हुनेलाई ३ लाख ११ हजार १११ र उपविजेतालाई १ लाख ५१ हजार एक सय ११ रुपैया नगद पुरस्कार दिइएको थियो । भने यस बर्ष पनि सो पुरस्कार नघटाउने गरि योजना गरिने सचिब नेपालीले बताउनुभयो । यसबर्ष काठमाडौं, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र भारतको सिक्किम र दार्जिलिङका खेलाडी आउने छन् । पहाडी जिल्लामा सबै भन्दा धेरै दर्शकहरुले खेल हेर्ने गरेको बताईएको छ ।
लाखेजात्रा कहिले आउछ र फुटबल कहिले हुन्छ भनेर ताप्लेजुङका जनताले मात्र होईन, जिल्ला सग सिमाना जोडिएका अन्य जिल्लाका स्थानीय बासीले कुरिरहेका हुन्छन् । लाखेजात्रामा खेलाईने फुटवल हेर्न धान, कोदो, लगायतका बर्खायामका बाली लगाई सकेर गाउँका युवा देखि वृद्धवृद्धासम्म प्रतियोगिता हेर्न सदरमुकाममा अउने गरेका छन् ।
यस बर्ष ताप्लेजुङ गोल्डकप प्रतियोगिता सम्पन्न गर्न करिब ४० लाख लाग्ने अनुमान छ । तर, अहिले सम्म फुङलिङ नगरपालिकाका अध्यक्ष अमिर मादेनले ५ लाख सहयोग दिने घोषणा गरेबाहेक अन्य रकम अहिले सम्म नजुटेको बताईएको छ ।पहिला पुरस्कारको व्यवस्था पाथीभरा समितिले गरेको थियो । नामै पाथीभरा गोल्डकप राखिएको थियो । यस बर्ष पाथीभरा समिति सगँ कतै पनि नजोडिने र गोल्डकप पाथीभरा समिति सग भएपनि सो नचलाई नयाँ बनाएर ल्याउने समेत फुटवल सञ्चालक समितिका कोषाध्यक्ष निरज श्रेष्ठले बताउनुभयो । प्रतियोगिता गराउने मैदान भानुजन माविको मात्रै छ । गत वर्ष विद्यालयले मैदान सुधारको क्रममा रहेको भनेर दिएन । यो वर्ष मैदान दिन सकिने तर संरचनामा क्षति पुगे मर्मत गर्नुपर्ने भानुजन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष युगराज गुरुङले बताउनुभयो । उनका अनुसार एकलाख पहिल्यै सञ्चालक समितिले जम्मा गरेर मात्र खेल मैदान दिईने व्यवस्थापक समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।