भोमादेवी पोख्रेल
ताप्लेजुङ, ५ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा परी घाइते भएका ४५ बर्षका राजकुमार राईलाई दुई दिनपछि अस्पताल पु¥याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको भए पनि घाइते राईलाई मङ्गलबार बिहान मात्र विराटनगर स्थित न्युरो अस्पताल बताईएको छ ।
कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँले मङ्गलबार बिहान ७ः३५ बजे विराटनगर पु¥याइएको बताउनुभयो । बानियाँका अनुसार मेहेले देखि सोमबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको भए पनि मौसममा आएको खराबीका कारण हेलिकप्टर पाँचथरको पिनासेघाटमा अवरतरण गराउनुपरेको थियो ।
हेलिकप्टर मौसममा सुधार नआएपछि मङ्गलबार बिहानसम्म त्यहीँ राख्नुपरेको थियो । उपचारका लागि उद्धार गरिएका राईलाई गन्तव्यमा पु¥याउन नसकिएपछि सोमबार साँझ पाँचथर, हिलिहाङस्थित गोपेटार प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी र औषधि झिकाएर प्राथमिक उपचार गरिएको बताइएको ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङले बताउनुभयो ।
बुधबार देखिको निरन्तरको वर्षाका कारण सोमबार बिहान मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा राई गम्भीर घाइते हुनुभएको थियो । सोही पहिरोमा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ६७ वर्षीय केशरबहादुर राई र उहाँका छोरा ३६ वर्षीय सुरेश राई रहनुभएको छ ।
यता दाहसंस्कार गर्ने आफन्त जिल्ला बाहिर रहेका कारण बाबुछोराको शव हाल मेहेलेस्थित निलगिरी माध्यमिक विद्यालयमा राखिएको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिनुभयो । उपाध्यक्ष कडरियाकाले वर्षाको क्रम जारी रहेकाले पहिरोको जोखिममा परेका दर्जनौं परिवारका सयौं सङ्ख्यामा स्थानीयहरू सुरक्षित मानिएको सोही निलगिरी माविमा बस्दै आएको पनि बताउनुभयो ।
अहिले सम्म ताप्लेजुङमा पहिरोमा परि ३ जनाले ज्यान गुमाएका छन् भने ३ जना हराई रहेको प्रजिअ चेम्जोङले बताउनुभो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय