इपूर्वपोष्ट
ताप्लेजुङ, ३ असार । ताप्लेज्ुङको सिदिङवा गाउँपालिका वडा नं. ६ मेहेलेमा पहिरोमा परि बेपत्ता भएका मध्ये एक जनाको लास फेला परेको छ । पहिरोमा परि बेपत्ता भएका ३० बर्षका गणेश तामाङ को लास फेला परेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजन लिम्बुले बताउनुभयो ।
हराएका मध्ये यादवकुमार बुढाथोकी की श्रीमति ६३ बर्षकी भगीमाया बुढाक्षेत्री उनकी बुहारी ३३ बर्षकी सन्ध्या बुढाक्षेत्री उनकै नाती ९ बर्षको प्रज्ज्वल बुढाथोकी अझै सम्म बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख लिम्बुले बताउनुभयो । उनिहरु स्थानीय बासी नेपाल प्रहरी लगायतले खोज तलास गरिरहेको समेत प्रहरी प्रमुख लिम्बुले बताउनुभयो । क्षतिको विरण भने अझै पनि आईनसकेको र आउनेक्रम जारी रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय