भोमादेवी पोख्रेल
ताप्लेजुङ, ३ असार । ताप्लेज्ुङको सिदिङवा गाउँपालिका वडा नं. ६ मेहेलेमा पहिरोमा परि एकै घरका ३ जना सहित ४ जना बेपत्ता भएका छन् ।
घर माथिबाट आएको पहिरोमा परि यादवकुमार बुढाथोकी की श्रीमति ६३ बर्षकी भगीमाया बुढाक्षेत्री उनकी बुहारी ३३ बर्षकी सन्ध्या बुढाक्षेत्री उनकै नाती ९ बर्षको प्रज्वल बुथोकी बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख राजन लिम्बुले बताउनुभयो ।
सोही पहिरोमा परि हर्कबहादुर तामाङको छोरा ३० बर्षका गणेश तामाङ पनि हराएको प्रनाउ लिम्बुले बताउनुभयो । स्थानीय बासीहरु घटना स्थालमा पुगेका छ स्थानीय प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक लिम्बुले बताउनुभयो ।
दर्जनौ घरहरु जोखिममा रहेका छन् । बाटाहरु अवरुद्ध भएका छन् । धेरै पशुचौपायाहरु पहिरोमा बगेर मरेका छन् । झोलुङ्गे पुलहरु बगाएको छ । जिल्लामा पानी पर्ने क्रमम रोकिएको छैन । जिल्ला त्रासित छ । स्थानीय बासीहरु डराएका छन् । विजुली बलि रहेको लघु जलविद्युतहरु बगाएको छ । गाउँ अन्धकार मय बनेको छ ।
उता, जिल्लाको दोश्रो ठुलो बजार दोभानमा ५ घर जोखिममा रहेको स्थानीय जयप्रसद भङराईले बताउनुभयो । मैवाखोलामा आएको भीषण बाढीले बजार पुरा जोखिममा रहेको भट्टराईले बताउनुभयो । जिल्लाका ९ स्थानीय तह मध्ये धरै गाउँपालिकाको केन्द्रमा जाने सडक क्षत विक्षत भएको छ ।
जिल्लाका पूर्वी गाउँहरु याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न ठाउँम बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् ।
जिल्लाबाट झापाको बर्तामोड, दमक, मोरङको उर्लाबारी, विराटनगर, सुनसरीको ईटहरी, धरान जाने यातायातका साधनहरु जिल्लाबाट छुटेका छैनन् । सवारी साधनहरु नछुट्दा यात्रुहरु अलपत्र परेका छन् ।
                बाढीले तीन घर बगायो, दोभान बजार जोखिममा, झोलुङ्गे पुलहरु पनि बगायो
मैवाखोलामा आएको बाढीले जिल्लाको दोश्रो ठुलो दोभानबजार जोखिममा परेको छ । मेरिङदेन ३ दोभानको बजार क्षेत्र कटान गरेपछि ५ घर उच्च जोखिममा रहेको स्थानीय जयप्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बू लगायत ३ घर उच्च जोखिममा छन् । बाढीले सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । अहिले स्थानीयबासीहरुले घरबाट सामानहरु निकाल्ने र सुरक्षित ठाउँमा लगि रहेका छन् ।


बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडक समेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ । मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको मैवाखोला ६ बाट गोपाल थोप्राले जनाकारी दिनुभयो । उहाँले मैवाखोला ३ ताम्राङमा रहेको २५ किलो वाटको बिजुलीको स्टेसन नै बगाएको छ । यरी विजुली बगाएपछि अन्धकार भएको छ । खार्ते ठाडो खोल्सो बौलाएर आउदा करिब १ सय मिटर आसपासको अलैची बगान तथा खेतहरु बगाएको थोप्रले बताउनुभयो ।
बुधबार देखि नै अवरिल रुपमा पानी परि रहेको छ । अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिका स्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको गाउँपालिका उपाध्यक्ष बन्दना कडरियाले बताउनुभयो ।
उहाँका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन ।
उता, बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिन समेत बगाएको छ । अलैचीबारी पनि बगाएको छ । सिदिङ्व ६ मेहेलेका ददिराम बानियाका २ भौसि बगाएको छ । नेत्रप्रसाद गौतमको घर बस्न नहुने भएको छ । सिदिङ्वा ६ मेहेले स्वास्थ्य चौकी भवन बगाएको छ । सोही ठाउँका देवीभक्त गौतमको गुवाली बगेको छ ।


रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ । जिल्लाका सबै ठाउँमा वर्षा भएको छ । बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन् ।
              सुरुम्खिममा तीनजना उद्धारको पर्खाईमा
जिल्लाको सिदिङवा गाउँपालिका ७ सुरुम्खिम एक परिवारका तीनजना उद्धारको पर्खाईमा रहेका छन् । एका तीर तावाखोलाको सुसाहट छ भने आर्कातीर अर्को खोलो रहेको छ । विचमा गोठमा रहेका डेनिश गुरुङ उनकी श्रीमति अनिता गुरुङ र उनको छोरो कतै पनि निश्कन सकेकाछैनन् । उद्धारको प्रयास गरेपनि खोलाका कारण जान नसकेपछि उद्धार गर्न नसकेको उपाध्यक्ष बन्दना कडरियालेबताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय