इपूर्वपोष्ट
ताप्लेजुङ १२ जेठ । फुङलिङमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।
दुर्घटनामा परी सहचालकद्वय ताप्लेजुङको फुङलिङ नगरपालिका ८ का २० वर्षीय दिपक लिम्बू र १४ वर्षीय देवेन्द्र बिक घाईते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते दुवै जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।
दुर्घटना पश्चात चालक पाथीभरा याङवरक गाउँपालिका १ नाङखोल्याङका २५ वर्षीय दिल कुमार सुनुवार भने फरार रहेका छन् । उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । फुङलिङ नगरपालिका ८ को अँधेरी भिरमा बिहीबार बेलुकी करिब १० बजे को १ त ८८३७ नम्बर को ट्याक्टर दुर्घटनामा परेको हो । टयाक्टर पाथीभरा याङवरक गाउँपालिका १ नाङखोल्याङको सेसम्बुबाट सदरमुकाम फुङलिङतर्फ आउने क्रममा दुर्घटना भएको बताईएको छ ।घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय