देवराज गुरुङ
बैसाख १४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघु स्थित ताम्राङमा गएराती चट्याङ लागेर ११ वर्षिय बालकको मृत्यु भएको छ ।
घरमा बसिरहेको बेला बेलुकी ८ बजेतिर चट्याङ परेर ११ वर्षीय बालक फुर्वादोर्ची शेर्पाको ज्यान गएको हो । बुवा ४६ वर्षीय दारिन्जेन शेर्पा र आमा ४७ वर्षीया निङ्माल्हामू शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य छ ।
मृतक बालकको सव पोस्टमार्टमका लागि गयराती नै जिल्ला अस्पताल ल्याइएको छ । विहिबार सवको पोस्टमार्टम गरेर आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सुचना अधिकारी कुशराम कार्कीले जानकारी दिए । मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार घरमा बसिरहेको बेला परेको चट्याङले घरमा गरिएको विजुलीका वेयरिङका सामान समेत जलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय