
इपूर्वपोष्ट
ताप्लेजुङ, २५ चैत्र । ताप्लेजुङको नेपाल बैंक लिमिटेड शाखा कार्यालयले करिव पचास बर्ष पछि पहिलो पटक महिला प्रबन्धक (प्रमुख) पाएको छ । ताप्लेजुङमा २०२८ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भएको हो । २०२८ सालामा स्थापना पछि ५० बर्षको अवधीमा पहिलो पटक महिला प्रमुखले कार्यभार सञ्चालन गर्नुभएको छ ।
जिल्लामा पहिलो पटक वितिय संस्थामा महिला प्रमुख भएर बसुन्धरा आचार्य सरुवा भई आएर प्रमुखको कार्यभार सञ्चलन गर्नु भएको हो । काडमाण्डौंमा रहेर काम गरिरहनु भएकी आचार्य सरुवा भएर ताप्लेजुङमा आई प्रमुखको कार्यभार शुरु गर्नुभएको हो ।
नेपाल बैंक लिमिटेड शाखा कार्यालय ताप्लेजुङका तत्कालिन प्रमुख विनोद गुरुङ सरुवा भएर काठमाण्डौ गएपछि पहिलो पटक महिला नेपाल बैक लिमिटेडको प्रमुखमा आउनुभएको हो ।
ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ रहनुभएको छ । जिल्ला अदालत ताप्लेजुङको प्रमुखमा निर्मला योङ्या पनि पहिलो पटक महिला न्यायाधिस रहनुभएको छ । उता, जिल्ला सरकारी वकिलको कार्यालय प्रमुख पनि पहिलो पटक महिला मौना सिंह रहनुभएको छ ।