
भोमादेवी पोख्रेल
ताप्लेजुङ, २३ चैत्र । ताप्लेजुङमा संचालित दोस्रो औद्योगिक कृषि तथा पर्यटन मेलाको तेस्रो दिन भएको टपरी बन्ने प्रतियोगितामा विष्णु गिरी प्रथम हुनुभएको छ ।
सो प्रतियोगितामा दोश्रो कुमारी गुरुङ हुनुभएको छ । भने तेश्रो हुनेमा देवी ओझा रहनु भएको छ । पहिलो हुनेले नगद २ हजार, द्वितीय हुनेले नगद १ हजार र तृतीय हुनेले नगद ५ सय रुपैयाँका साथ प्रमाणपत्र पाउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका सचिब हर्क गुरुङले शान्ता अधिकारी, दिलमाया तामाङ, कृष्णमाया कार्की मनकुमारी नेपाली, कविता पराजुली, गंगा बराल, नैनकला बराल, लक्ष्मी महतारा र अम्बिका बराललाई सान्त्वना पुरस्कार प्रदान गरेको बताउनुभयो ।
पात र बुनाइको गुणस्तरीयता, आकार र समयावधि, टपरीको साटसज्जा लगायतलाई आधार मानेर अंक मापन गरी नतिजा निकालिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले जनाएको छ । ४८ महिला र २ पुरुष गरी ५० जनाले टपरी बुन्ने प्रतियोगितामा सहभागिता जनाएका थिए ।
उता, सो मेलामा विहिबार भएको कबिता प्रतियोगितामा आठराई त्रिवेणी गाउपालीका ३ हाङपाङका मणीकुमार सेम्बु (लिम्बु) प्रथाम हुनुभएको छ । दोश्रो भने कैलालीका निर्जलप्रसान्त लेखक हुनुभएको छ । प्रतियोगितामा तेश्रो दुईजना भएका छन् । फुङलिङ नगारपालिका ३ का प्रेम निरौला र नगरपालिका ४ का लिला आशु तेश्रो हुनुभएको छ ।
साहित्य उपसमितिका संयोजक कमलप्रसाद भट्टराईका अनुसार १७ प्रतियोगी र ८ अप्रतियोगी गरी कविता प्रतियोगितामा २५ जनाले सहभागिता जनाएका थिए । प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई क्रमसः ५ हजार ३ हजार र २ हजारका दरले नगर र प्रमाण पत्र वितरण गरिएको थियो ।
साँझ सांस्कृतिक कार्यक्रम हुने सांस्कृतिक उप समितिका संयोजक कोपिला नेपालीले जानकारी दिनुभयो । मंगलवारबाट सुरु भएको ५ दिने महोत्सव शनिवार समापन गरिने छ ।