
इपूर्वपोष्ट
ताप्लेजुङ, २० चैत्र । ताप्लेजुङका दुई स्थानमा दुई युवा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार रौतहट जिल्ला चन्द्रपुर नगरपालिका– १ बस्ने ३६ वर्षीय विशाल थापा सिरिजंगा गाउँपालिका पुछार काबेली खोलाको बगरमा मृत भेटिएका हुन्।
थापा सुपर काबेली हाड्रोपावरमा कार्यरत थिए। उनी जलविद्युत् परियोजनाको एक्स्काभेटर चालकको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। थापाको शव ताप्लेजुङ जिल्ला अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाउने कार्य भइरहेको कार्कीले बताए।
यस्तै, अर्का फुङलिङ नगरपालिका– देवलिंगे बस्ने अन्दाजी वर्ष ३४ का कुमार विक सिम्ले आसपासको सडक किनारमा मृत भेटिएका छन्। शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको र दुवै घटनाको अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ।