
संगीता कार्की
ताप्लेजुङ, १६ चैत्र । रामनवमी पर्वको अवसरमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा विहिवार देखि विभिन्न खेलकुद कार्यक्रम शुरुभएको छ ।
‘रामनवमी खेलकुद’ प्रतियोगीताको २७ औ संस्करण तर्फ पुरुष फुटवल प्रतियोगीता र पुरुष भलिवल प्रतियोगीता शुरु भएको आयोजक सिर्जनशिल समाजिक युवा समाज खोक्लिङका अध्यक्ष ऐश्वर्यराज थापाले बताउनुभयो ।
उहाँले फुतबल तर्पm पहिलो खेल विहिबार खोक्लिङ सिर्जनसिल समाज र मानाभरा युवा क्लव साँवाबीच भएको समेत जानकारी दिनुभयो । उहाँले सो खेलमा खोक्लिङ सिर्जनसिल समाजले मानाभरालाई ट्राईव्रेकरमा ८–७ गोलले पराजित गरेको समेत बताउनुभयो । फुटबल प्रतियोगीताको लागि १० टिम मध्ये ९ टिम जिल्ला भित्रका र एक टिम सुनमाई नगरपालिका ईलामको रहेको छ ।
रामनहमीको अवसरमा खेलाईने सो खेलमा भलिवल प्रतियोगिता तर्फ ६ टिमले भाग लिएको र शुक्रबार देखि भलिबल प्रतियोगीता हुने समेत बताईन्छ । प्रतियोगिता चैत्र १६ गतेबाट शुरु भएर पाचँ दिन आर्थात २० गते सम्म सञ्चालन हुने अध्यक्ष थापाले बताउनुभयो । खेलको उत्घाटन कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामले गर्नुभइको थियो ।