
इपूर्वपोष्ट
ताप्लेजुङ, ८ चैत्र । ताप्लेजुङको मिक्वाखोला वडा नं. १ खोक्लिङमा भीरबाट लडेर एक बृद्ध पुरुषको मृत्यु भएको छ । मंगलबार साझँ करिब ६ बजेको समयमा मिक्वाखोला गाउँपालिका वडा नं. १ निवासी ६७ बर्षका खड्गप्रसाद लिम्बुकोे डाँडा गाउँभीरबाट करिव १ सय ५० मिटर तल लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कुशकुमार कार्कीले बताउनुभयो ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा ल्याएको र पोष्टमार्टम पछि शव आफन्तलाई जिम्मा लगाईने सूचना अधिकारी कार्कीले बताउनुभयो । मृतक लिम्बुलाई भीरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयबासीले देखि प्रहरीलाई खबर गरे पछि प्रहरी घटना स्थलमा पुगेको थियो । के कारणले लडेको भन्ने कुरा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।