
भोमादेवी पोख्रेल
ताप्लेजुङ, २१ फागुन । ताप्लेजुङको हिमाली गाउँपुगेर डाक्टर सन्दुक रुईतले मोति विन्दुको शल्यकृया गरि ७० जनाको आँखाको फर्काई दिएका छन् । बरिष्ठ नेत्र चिकित्सक सन्दुक रुईतको नेतृत्वमा आएको टोलीले आखाको उपचार तथा शल्यकृया गरेको हो ।
डाक्टर रुईतको जन्म गाउँ फक्तालुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोला हो। उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकहरूको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गरेको छ।
मोतिया बिन्दुले दुवै आखाँको ज्योती बर्षैा देखि गुमाएर जीवन बिताई रहेकी ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं. ६ ग्याव्लाकी ७१ बर्षकी छिरिङकीपा शेर्पाले बाहिरी संसार देख्ने आशा छोडि सकेकी थिईन् । अर्काको सहारामा बाच्न बाध्य भएकी उनीले अव भने संसार देखेर नै जीवन विताउने आशा पलाएको बताईन् ।
रकमको अभावले काठमाण्डौं तथा सुविधा सम्पन्न ठाउँ सम्म उपाचार गर्न जाने कुरै भएन । यसरी बर्षै देखि आखाँको ज्योति गुमाएर बसेका हिमाली दुर्गम गाउँ ताप्लेजुङका बासिन्दालाई आँज विश्वप्रख्यात बरिष्ठ आखाँ रोग बिषेशज्ञ डा.सन्दुक रुईतले आँखाको ज्योति फर्काई दिएका छन् ।
फक्ताङलुङ ५ हेल्लोकका ८२ बर्षका बृद्ध जसबहादुर लिम्बुपनि प्रफुल्ति भएका छन् । मोतिया विन्दुले बर्षैै देखि बाहिरी संसार नदेखेका लिम्बुले यो बृद्ध उमेरमा पनि आफुले संसार देख्न पाएकोमा खुसि व्यक्त गरेका छन् ।
अर्का ३७ बर्षको उमेरमा नै मोतीया बिन्दुले आँखाको ज्योती गुमाएका लेलेप ६ ग्याव्लाका नुपु शेर्पाले पुनः संसार देखेर खुसि व्यक्त गरेका छन् । ताप्लेजुङको दुर्गम हिमाली बस्तीहरुमा आएर आँखाका रोगीहरुलाई उपचार दिएर दर्जनौ व्यक्तिहरुको आखाँमा लागेको मोतियाविन्दुको सल्यकृया पछि आखाँको ज्योति फर्किएको छ ।
फक्ताङलुङ गाउँपालिका र तीलगङ्गा आँखा प्रतिष्ठिानको संयुक्त आयोजनामा नौ दिने निःशुल्क आँखा शिबिर अन्तरगत आठ दिनमा एक हजार ९ सय ३५ जनाको आखाँको परिक्षण गरिएको थियो । जसमध्ये ९७ जनाको मोतिया विन्दुलागेका विरामी भेटिएका थिए । ती मध्ये देखि ८८ बर्षका बृद्ध देखि ५ बर्षका नाबालक समेतमा मोतिया विन्दु लागेका बिरामी भेटिएका छन् ।
जस मध्ये ७० जनाको मोतीया विन्दुलागेका विरामीको शल्यकृया भएको फक्तालुङगाउँपािलकाका अध्यक्ष राजन लाबुङ(लिम्बु)ले बताउनुभयो ।