इपूर्वपोष्ट
ताप्लेजुङ, १९ फागुन । ताप्लेजुङमा प्रदेश १ प्रदेशको नाम कोशी नाम रखेको भन्दै विभिन्न पार्टी तथा संघ सस्थाले विरोध जनाएका छन् ।
जनता समाजवादी पार्टी नेपाल सहितका राजनीतिक दल र केही जातीय तथा धार्मिक संस्थाले कोशी प्रदेश नामाकरणको विरोध गर्दै प्रेस विज्ञाप्ति प्रकशित गरेका छन् ।
राष्ट्रपतिको निर्वाचन प्रक्रियासँगै धरापमा परेको प्रदेश सरकार र प्रदेश सभाले बुधबार छापामार शैलीमा कोशी प्रदेश नामाकरण गरेकोप्रति आफूहरुको गम्भीर आपत्तिसँगै असहमति रहेको जसपा नेपालका जिल्ला अध्यक्ष कीर्तिमान मादेनले बताउनुभयो ।
प्रदेश १ को ऐतिहासिक राजनीतिक पहिचानको आधारमा नामाकरण गर्नुपर्ने आफूहरुको प्रमुख मुद्दा विपरीत कोशी नामाकरण गरिएकोले यसविरुद्ध सशक्त र बलिदानीपूर्ण विद्रोहमा होमिनु बाध्य हुनुपर्ने अवस्थामा पु¥याएको मादेनले बताउनुभयो । उहाँले कोशी प्रदेश नामाकरण गर्ने निर्णय तत्काल सच्याउन माग गर्दै मागको बेवास्ता गरिएमा जस्तोसकै मूल्य चुकाउनलाई आफूहरु पछि नपर्ने पनि बताउनुभयो ।
राजनीतिक दलहरु जसपा नेपालका जिल्ला अध्यक्ष मादेन, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष इन्द्र थलङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष प्रताप चोङ्बाङले प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ । यस्तै जातीय तथा धार्मिक संस्थातर्फ किरात याक्थुङ चुम्लुङका जिल्ला उपाध्यक्ष डम्बर पालुङ्वा र किराँत धर्म साहित्य उत्थान सङ्घका जिल्ला सचिव सरोज कङ्लिबाले विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त दल तथा जातीय धार्मिक संस्थाद्वारा जारी संयुक्त विज्ञप्तिमा १० वर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन, मधेश विद्रोह, लिम्बुवान, थारुहट लगायतबाट भएको बलिदानीपूर्ण संघर्ष विपरीत षड्यन्त्रपूर्वक ढंगबाट कोशी नामाकरण गरिएको उल्लेख छ । कोशी प्रदेश नामाकरणविरुद्ध हुने आन्दोलनबाट उत्पन्न हुने सबैखाले परिस्थितिको जिम्मेवार राज्यले लिनुपर्ने समेत विज्ञाप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय