
इपूर्वपोष्ट
ताप्लेजुङ, १० फागुन । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङको सभापतिमा इन्द्रबहादुर गुरुङ सहित सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्बाचीत भएका छन् । तर, औपचारिक घोषणा भने बाँकि रहेको छ ।
जिल्ला रेडक्रस सोसाईटीको २ बर्षे कर्याकालको लागि अधिबेशन १२ गते तोकिएको थियो । तर, मनोनयन दर्ता भने १० गते बुधबार गर्नु पर्ने निर्बाचन तालिका रहेको थियो । सोही अनुसार मनोनयन दर्ता आवश्यक पद संख्याको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत तथा मतदान अधिकृत अर्जुन कार्कीले बताए ।
सहायक निर्बाचन अधिकृत कार्कीका अनुसार समितिकोे महिला उप–सभापतिमा देवीमाया कार्की,उप–सभापतिमा सूर्यबहादुर लिम्बू, मन्त्रीमा विकास गौतम, कोषाध्यक्षमा दिनेश अधिकारी, उप–मन्त्रीमा कमलप्रसाद भट्टराई र उप–कोषाध्यक्षमा तेजबहादुर भट्टराई खत्रीको मात्र उम्मेदवारी परेको छ । यस्तै महिला सदस्यमा मञ्जु पौडेल (भट्टराई), दिलमाया लिम्बू (श्रेष्ठ) र जुनिता ओझा तथा खुल्ला सदस्यहरुमा टामन सिग्देल, मोहन न्यौपाने, कुलमणि दाहाल, नरेन्द्रकुमार अधिकारी, योगेश्वर निरौला, गुरुप्रसाद पौडेल र नरेन्द्रकुमार बिष्टको मात्र उम्मेदवारी परेको छ । समितिको औपचारिक घोषण १२ गते शुक्रबार गरिने बताईएको छ । सभापति लगायत धेरैजसो अनुहारहरु पुनः दोहोरिएको बताईएको छ ।