ताप्लेजुङ, ९ फागुन । ताप्लेजुङकाे पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका तीन विपन्न परिवारलाई घर बनाइदिएकाे छ ।

पाथीभरा १ नाङ्खोल्याङका मदनकुमार कामी, वडा नम्बर ५ चाक्सिबोटेका मनबहादुर राई र वडा नम्बर ३ तिरिङ्गेका बिर्खबहादुर लिम्बुका परिवारलाई घर निर्माण गरिदिएको गाउँपालिका अध्यक्ष केशर मेन्याङबोले बताउनुभयो । यस्तै चाक्सिबोटेकै कमला सेनेहाङका लागि घर निर्माणको काम भइरहेकाे उहाँले जानकारी दिनुभयो ।

एक परिवारको घर निर्माणका लागि अवस्था र सामान ढुवानीलाई हेरेर २ देखि ४ लाख रुपैयाँसम्म खर्च भएको अध्यक्ष मेन्याङ्बोले बताउनुभयो । अर्थिक अवस्था अति नै कमजोर भएका अरू परिवारकाे पहिचान गरी बस्ने घरको व्यवस्था गरिने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय