देवराज गुरुङ
ताप्लेजुङ, २४ मंसिर । जिल्लामा सन २०२२ मा २० वटा मानवअधिकारसँग सम्बन्धित घटनामा २१जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शुक्रबार सार्वजनिक गरेकोतथ्यांक अनुसार २० ओटा घटनामा ३० जना पीडक छन् । बलात्कार ११ ओटा,बाल यौन दुव्र्यवहार २ ओटाटा,बलात्कार तथामानववेचविखन १ ओटा, स्वास्थ्यकर्मी तथा जेष्ठ नागरिकमाथि कुटपिट १÷१ ओटा, हत्या ३ ओटा र बहुविवाह १ ओटा छन् । १० वर्षमाथि १८ वर्षमुनीका ५ जनाबालकबलात्कार (बालविज्याँई) आरोपमाप्रहरी नियन्त्रणमा छन् । तीमध्ये दुई जनाबालकलाई अदालतको आदेश बमोजिमक्रमश चैत २२ गते र बैसाख २९ गते बालसुधारगृह पठाएको पाइएको छ ।
इन्सेकप्रतिनिधि देवराज गुरुङकाअनुसार परिवारकै सदस्य,चिनजानभएकाआफन्ततथाअपरिचित व्यक्तिबाट बालिकातथामहिलाबलात्कृत भएका छन् । इन्सेकप्रतिनिधि गुरुङले भने,‘घटना संख्या सुन्दा सामान्य जस्तो लाग्छ । तर बालबालिकादेखि महिला र वृद्धा समेत निशानामा परेका छन् ।’ ४ वर्षीया बालिकादेखि ७७वर्षीया जेष्ठ नागरिक पीडित छन् । जिल्लामा सबै स्थानियतहमिलेर तत्काल सेफ हाउस संञ्चालनहुनुपर्ने खाँचो औल्याएको छ । गुरुङले भने,‘बलात्कार पीडित आधादर्जन बढि बालिकातथामहिलाअहिले पनिविभिन्न सेफ हाउसमा छन् । कतिपयअन्यौल भविष्यसहित घरमै बस्न बाध्य छन् ।’ ९ वर्षीया बालिका सामूहिक रुपमाबलात्कृत हुनु र १४ वर्षीया बालिकालाई यौन व्यवसायमालगाएको आरोपमा ६ जनालाई पुर्पक्षकालागिथुनामा पठाएको घटना स्मरण गराउँदै सरोकारवालानिकायगंम्भिर हुनुपर्ने इन्सेकले जोड दिएको छ ।

जिल्लान्यायधिस निर्मला योङयाले जिल्लामाबालिका र महिला पीडित भएको घटना पाइएको बताए । घरमापति र पत्नीबीच झगडा भएर बेमेल बढ्ने र अदालतमा संम्बन्धविच्छेद गरेर टुंगो लगाउने गरेको न्यायधिस योङयाले जानकारी दिए । चालु आ.व.माअदालतमा ८९ थान मुद्धा सम्बन्ध बिच्छेदको दर्ता भएको छ । न्यायधिस योङयाले भनिन्,‘सम्बन्ध विच्छेद धेरै भयो भन्छौ । तर पतितथा परिवारको हिंसा खेप्न नसकेर सम्बन्ध विच्छेद गर्नुपरेको कतिपयको बास्तविकता छ ।’ फुङलिङ नगरपालिकाकीउपप्रमूखभीमोदेवीओझाले स्थानियतहको न्यायिकउपसमितिमा २ सय ९५ वटा उजुरी दर्ता भएको बताए । उपप्रमूखओझाले भनिन्,‘पति समेत पत्नीबाट हिंसामा परेको निवेदन छ । न्यायिक समितिले हेर्न मिल्ने मात्रनिवेदनदर्ता गर्छौ । बाकी सम्बन्धितनिकायमा पठाउने गरेका छौ ।’

गैर सरकारी संस्था महासँघ अध्यक्ष खड्गविक्रम सुवेदीले मानवअधिकारको विषय भेग भएकाले निरन्तर छलफलमा हुनुपर्नेमाजोड दिए । नगरप्रमूखअमिर मादेनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सचेतनामुलककार्यक्रमगर्नुका साथै बाँकीदिनमा समेत निरन्तर कार्यक्रमगर्ने बताए । नगरप्रमूखमादेनले भने,‘१६ दिने अभियानको बेलामात्रअधिकारको बहस गर्नु ठीक होइन् । यो हरेक दिन उठ्नुपर्ने विषयहो ।’ नेपालबार इकाईकाअध्यक्ष बलराम भट्टराई र जिल्लान्यायधिवक्तामौना सिंहले महिलाअधिकारको विषयमा प्रस्तुती समेत गरे । इन्सेकले मानवअधिकारको घटना अभिलेखीकरण गर्ने गरेको छ । कार्यक्रममाजनप्रतिनिधि,सरकारी कार्यालय प्रमूख,विभिन्नमहिला समूहकाप्रतिनिधि र पत्रकारको सहभागीताथियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय