
इपूर्वपोष्ट
ताप्लेजुङ, ८ मंसिर । तीन दशकदेखि कम्युनिष्टको लाल किल्ला रहेको ताप्लेजुङको प्रदेश ‘ख’ मा नेपाली काग्रेसका खगेनसिङ हाङ्गाम विजयी बनेका छन् ।
३० बर्ष देखि लगातार जित्दै आएको ताप्लेजुङको प्रदेशसभा क्षेत्र (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका खगेनसिं हाङ्गाम बिजयी हुनुभएको हो ।
नेकपा एमालेका गोपाल थोप्रालाई १ हजार २४८ को मतान्तरले पराजित गर्दै उहाँ बिजयी हुनुभएको हो । यहाँ खसेको कुल २२ हजार ५२० मत मध्ये हाङ्गामले १० हजार ४९६ मत प्राप्त गर्नुभएको छ भने थोप्राले ९ हजार २४८ मत प्राप्त गर्नुभएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकि रहेको छ ।
यस क्षेत्रमा २०४८ यता पहिलो पटक काँग्रेसले आफ्नो जित निकालेको हो । लगातार जित्दै नेकपा एमालेले रजत महोत्सव मनाएको यो क्षेत्रलाई नेकपा एमालेको किल्लाका रुपमा लिने गरिएको थियो ।
यहाँ २०४८ र २०५१ सालमा अम्बिका साँवा, २०५६ सालमा ओमप्रकाश ओझा, २०६४ र २०७० मा डम्बरध्वज तुम्बाहाम्फे तथा २०७४ सालमा टंक आङ्बुहाङ निर्वाचित हुनुभएको थियो । उहाँहरु सबै नेकपा एमालेका हुनुहुन्छ ।
यता प्रदेशसभा क्षेत्र क को मतगणना जारी छ । यहाँ नेकपा एमालेका तिलकुमार मेन्याङ्बो झण्डै १ हजारको मतान्तरले अघि रहेकाछन् । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एसका खेमबहादुर वनेम रहेकाछन् ।