
भोमादेवी पोख्रेल
ताप्लेजुङ, ७ मंसिर । नेकपा एमालेका सचिब योगेशकुमार भट्टराई फेरीपनि २०८ मतान्तरले बीजयी भएका छन् । २०७४ सालको निर्बाचनमा विजयी बनेर ५ बर्षे कार्यकाल सक्नु भएका भट्टराईलाई फेरीपनि जनताले चुनुका छन् । विजयी बनेका भट्टराईले २१ हजार ९ सय ४३ मत प्राप्त गर्नुभएको छ ।
उता, निकतम प्रतिद्धान्द्धि गठबन्धन तर्फबाट उम्मेदवार माओबादीका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७ सय ३५ मत प्राप्त गर्नु भएको छ । सुरुदेखि नै अग्रता लिएका खेलप्रसाद बुढाक्षेत्रीले अन्त्यमा पुगेपछि पराजित हुनुभएको हो । जिल्लाका ९ स्थानीय तहका ६१ छन् । ८ वटा गाउँपालिकाबाट अगाडी आएका बुढाक्षेत्री फुङलिङ नगरपालिकामा आएपछि पराजीत हुनुभएको हो ।
जिल्लाबाट प्रतिनिधि सभाकालागि ११ जानाको उम्मेदवारी परेको थियो । नेकपा एमाले र माहोबदी सहित ९ दल र २ स्वतन्त्र रहेका थिए ।
जसमा तेश्रो मत संघीय लोकतान्त्रिक मञ्चका होमप्रसाद तुम्बाहाम्फेले ९४१ मत प्राप्त गरेका थिए ।
त्यस्तै जनता समाजबादी पार्टीका उम्मेदवार चन्द्र मादेनले ६६८ मत, रष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर कार्कीले ४०६ मत, राष्ट्रिय जनमुक्ति पार्टीका ईन्द्रकुमार लिम्बुले २६६ मत, मंगलनेसनल अर्गनाईजेसनका उम्मेदवार विक्रम लिम्बुले १३४ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै लोकतान्त्रिक समाजबादी पार्टीका चौतन्य प्रकास केदेमले ६१ मत, जनसमाज बादि पार्टी नेपालका कृष्णबहादुर लिम्बुले ५६ मत, स्वतन्त्रका सन्जुकुमार पालुवाले १९२ मत र स्वतन्त्रका हरिप्रसाद बरालले २९ मत प्राप्त गरेका थिए ।