
इपूर्वपोष्ट
ताप्लेजुङ, ६ मंसिर । गठबन्धन तर्फका उम्मेदवार माओबादीका खेलप्रसाद बुढाक्षेत्रीले ४९४ मतले नेकपा एमालेका सचिब योगेश भट्टराई उछिन्नु भएको छ ।
ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभाका उम्मेदवार गठबन्धनका बुढाक्षेत्रीले ५ हजार २ सय १९ मत पाउनु भएको छ भने सचिब भट्टराईले ंंंंं४ हजार ७ सय २५ मत प्राप्त गर्नु भएको छ ।
अहिले सम्ममा १० हजार ९ सय १४ मत गणना भएकोमा ४५७ मत वदर भएको छ । भने १० हजार ४५७ मत सदर भएको छ ।
दुईवाटा ठाउँ बनाएर मतगणना गरिदै छ । सो दुवैमा प्रतिनिधि सभाको मत गणना गरिदै गरेको निर्बाचन कार्यालयले जनाएको छ । जिल्लामा ८८ हजार २८५ मतदाता रहेकोमा प्रतिनिधि प्रत्यक्ष तर्फ ४८ हजार ३७२ मतखसेको छ ।