इपूर्वपोष्ट
ताप्लेजुङ, १७ कार्तिक । आउँदो मंसिर ४ गते को चुनावमा ताप्लेजुङमा एक प्रतिनिधीसभासहित दुई वटा प्रदेशसभामा ८८ हजार २ सय ८५ मतदाता रहेका छन् । तीमध्ये प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रमा ४८ हजार ७ सय ६१ जना मतदाता छन् । प्रदेश सभा निर्वाचन ‘ख’ मा ३९ हजार ५ सय २४ मतदाता छन् । २०७४ सालको चुनावको तुलनामा प्रदेश ‘क’ मा ५ हजार २ सय २५ मतदाता थपिएका हुन् । प्रदेश ‘ख’ मा ४ हजार ६ सय ६३ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ७५ वटा मतदानस्थल छन् । तीमध्ये प्रदेशसभा ‘क’ मा ३९ वटा र प्रदेशसभा ‘ख’ मा ३६ वटा मतदानस्थल छन् । ७५ वटा मतदानस्थलअन्तर्गत १ सय २३ वटा मतदान केन्द्र छन् । ‘क’ मा ६४ वटा र ‘ख’ मा ५९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए ।
सबैभन्दा बढि मतदाता फुङलिङ नगरपालिकामा छन् । १७ हजार ३ सय ३२ मतदाता छन् । फुङलिङमा २० वटा मतदान केन्द्र छन् । सिरीजङ्गा गाउँपालिकामा ११ हजार ३ सय ९० मतदाता छन् । त्यहाँ १६ मतदान केन्द्र छन् । पाथीभरा याङ्वरक गाउँपालिकामा ९ हजार ७ सय ६२ मतदाता छन् ।१३ वटा मतदान केन्द्र छन् । आठराई त्रिवेणी गाउँपालिकामा ९ हजार ४ सय ५० मतदाता छन् । मतदान केन्द्र १२ वटा छन् । फक्ताङलुङ गाउँपालिकामा ८ हजार ९ सय १७ मतदाता छन् । १५ वटा मतदान केन्द्र छन् । सिदिङ्मा गाउँपालिकामा ८ हजार ७ सय ६५ मतदाता छन् । १३ वटा मतदान केन्द्र छन् । मेरिङ्देन गाउँपालिकामा ८ हजार ३ सय ४९ मतदाता छन् । मतदान केन्द्र ११ वटा छन् । मैवाखोला गाउँपालिकामा ७ हजार ४ सय ६७ मतदाता छन् । १२ वटा मतदान केन्द्र छन् । ११ वटा मतदान केन्द्र रहेको मिक्वाखोला गाउँपालिकामा ६ हजार ८ सय ५३ मतदाता छन् ।
सबैभन्दा कम मतदाता फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्मामा छन् । याङ्मामा ६१ जना मात्र मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए । सोही वडाको ग्याब्लामा ६७ जना मतदाता छन् । सबैभन्दा बढि मतदाता आठराई त्रिवेणी गाउँपालिका–३ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा छन् । त्यहाँ २ हजार ५ सय ९७ जना मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय