
इपूर्वपोष्ट
ताप्लेजुङ, ८ कार्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिकाकाले धरान–धनकुटा– बसन्तपुर हुँदै मैवाखोला गाउँपालिका पुग्ने सडक मर्मत गरेपछि यात्रुबाहक बस तथा ट्याक्सी साथै मालसामान बोक्ने सवारीका साधन सञ्चालनमा सहजता आएको छ ।
गाउँपालिकाका अध्यक्ष विजय वनेमले सो सडक खण्डको तेह्रथुमको बसन्तपुर–गुफा–साँघु–ढुङ्गेसाँघु–दोभान सडक अन्तर्गत संखुुवासभाको मंगलबारेदेखि झ्याउपोखरी साँघुसम्मको सडक मर्मतन गरेको बताउनुभयो । मैवाखोला गाउँपालिकाको पहलमा एक हप्ता सम्म मर्मत कार्य गरेर सहज बनाएको अध्यक्ष वनेमले बताउनुभयो । सडक मर्मतपछि धरानबाट मैवाखोलासम्म बस सेवा सञ्चालन गर्न कुनै कठिनाइ नभएको अध्यक्ष वनेमले बताउनुभयो ।
यस्तै, मैवाखोला गाउँपालिकाको केन्द्र साँघुबाट दोभान हुँदै सदरमुकाम फुङ्लिङसम्म जाने सडकको साँघु–दोभान खण्डलाई पनि थप व्यवस्थित पालिकाले गरेगरेको समते अध्यक्ष वनेमले बताउनुभयो । मैवाखोलाबाट सदरमुकाम वा धरान जाने सवारी साधनले यात्रुलाई चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि यसतर्फ पनि गाउँपालिकाको ध्यानाकर्षण भएको छ । ‘यात्रुहरूलाई चर्को भाडा असुल्ने कार्यलाई अब नियन्त्रण गरिनेछ’ अध्यक्ष वनेमले ‘गाउँपालिकाको तर्फबाट केही दिनभित्रै आवश्यक कदम चालिने छ बताउनुभयो ।