काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह ‘ए’ काे खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएकाे छ । आज मङ्गलवार पर्थमा भएकाे खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हरायाे ।

श्रीलङ्काले दिएकाे एक सय ५८ रनकाे लक्ष्य अस्ट्रेलियाले १६ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायाे । उसका मार्कस स्टाेइनिसले १८ बलमा नटआउट ५९ र ग्लेन म्याक्सवेलले २३ रन बनाए । बलिङतर्फ धनन्जय डि सिल्भा, चमिका करुनारत्ने र महेश थिकसनाले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५७ रन बनायाे । उसका पथुम निसन्काले ४० र चरिथ असलङ्काले नटआउट ३८ रन बनाए । बलिङतर्फ जाेश हेजलवुड, प्याट कमिन्स, याशटन अगर, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए ।
याे जितसँगै अस्ट्रेलिया अङ्क तालिकाकाे चाैथाै स्थानमा उक्लिएकाे छ भने श्रीलङ्का तेस्राे स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय