
इपूर्वपोष्ट
ताप्लेजुङ, २५ असोज । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटेको आरोपमा अर्का एक जनालाई पनि प्रहरी प्रशासनले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक कैलाश राईले लुटपाटमा संलग्न भएको आरोपमा अर्को व्यक्तिलाई समेत पक्रउ गरेको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका घर भई फिदिम नगारपालिका १ पाचथर बस्दैआएका बर्ष २८ का टाईगर उपनामले चिनिने गजेन्द्र ईदिङ्गो लिम्ब्ु रहेको प्रनाउ राईले बताउनुभयो ।
गजेन्द्रलाई फिदिममा नै लुकिछिपी बसोको अवस्थामा पक्राउ गरेको पनि प्रनाउ राईले जानकारी दनुभयो । यसअघि पक्राउ परेका आइएमई लुटपाटका तीन आरोपीलाई सोमबार साँझ प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो ।
प्रहरीले फुङलिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसताक्षी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेललाई सार्वजनिक गरेको थियो ।
उनीहरुको साथबाट बरामद गरिएको नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँसहित १ सय ४३ तोला सुन सार्वजनिक गरिएको छ । बरामद गरेका नगद र सुनका गरगहनाबाहेक १ थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान समेत प्रहरीले पत्रकार सम्मेलन मार्फत (डोरी, कैची लगायत सामाग्री) सार्वजनिक गरेको छ ।
पक्राउ परेका तीन जनालाई सोमबार ताप्लेजुङ जिल्ला अदालतबाट १० दिने म्याद थप गरी अनुसन्धान सुरु गरिएको समेत डिएसपी राईले जानकारी दिनुभयो । पक्राउ परेका थप एकजनालाई समेत प्रारम्भिक अनुसन्धान पछि अदालतबाट म्याद थपगरी अनुसन्धान प्रकृया अघि बढाउने प्रहरीको तयारी रहेको छ । उता,लुटपाट भएको कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा ३ सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ लुटपाट भएको उल्लेख गरेका छन् । हाल सुनको बजार भाउ अनुसार ३ करोड ३९ लाख ९९ हजार ६ सय रुपैयाँ बराबरको लुटपाट भएको जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ । शुरुमा ९ करोड भने पनि शुस्म तरिकाबाट सबै हिसाब निकाल्दा सो रकम आएको बताईएको छ ।
आरोपितहरुले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोल समेत देखाएर नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए। लुटपाटमा संलग्नहरु लागू पदार्थ सेवन कर्ता भएको प्रहरीले जनाएको छ । उनीहरुले गरगहना लुटपाटको योजना काठमाडौस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको अनुसन्धानमा खुलेको छ ।