
इपूर्वपोष्ट
ताप्लेजुङ, २४ असोज । ताप्लेजुङ जिल्लाको मुटु विरेन्द्र चौकमा आईएमई मनिट्रान्सफरमा दिन दहाडौं डकैति गरेको आरोपमा तीन जनालाई पक्राउ गरि बरामत सामान सहित प्रहरी प्रशासनले सर्बजनिक गरेको छ ।
गत असोज १७ गते सदरमुकाम स्थित कंञ्चन मनी ट्रान्सर्फरमा कर्मचारी नियन्त्रणमा लिएर नगद र सुनका गरगहना लुटपाटमा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयमा साँझ आयोजित पत्रकार सम्मेलनमा आरोपित ३ जना र उनीहरुको साथबाट बरामद गरेको नगद तथा सुनका गरगहना सार्वजनिक गरेको हो ।
फुङलिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल,झापा सिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुन बहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेललाई सार्वजनिक गरेको हो । फरार रहेका १ जनाको खोजी जारी रहेका प्रहरी नायब उपरिक्षक कैलाश राईले बताए । राईले भने,‘फरारको खोजी जारी छ । आशा छ,चाडै पक्राउ गर्छौ ।’ उनीहरुको साथबाट नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँसहित १ सय ४३ तोला सुन सार्वजनिक गरेको हो । बरामद गरेका नगद र सुनका गरगहनाबाहेक १ थान पेस्तोल,कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान (डोरी,कैची लगायत सामाग्री) सार्वजनिक गरेको छ ।
यदपी कंञ्चन मनी ट्रान्सर्फर संञ्चालक अम्बर कुमार श्रेष्ठले दिएको जाहेरीमा (असोज २४ गते) ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ लुटपाट भएको उल्लेख गरेका छन् । यसैगरि हाल सुनको बजार भाउ अनुसार ३ करोड ३९ लाख ९९ हजार ६ सय रुपैयाँ बरावरको ३ सय ४८ तोला सुन लुटपाट भएको जनाएका छन् । पैसा पठाउने र दिने आइएमइसँग सुन कारोवारको इजाजत भए नभएकोबारे कागजात ल्याउन प्रहरीले निर्देसन दिएको छ । प्रहरी नायब उपरिक्षक राईले भने,‘सुन कारोवार (जाकट) इजाजत छ वा छैन् । कागजात मागेका छौ । अनुसन्धान हुन्छ ।’
आरोपितहरुले आइएममा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई असोज १७ गते विहान पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए । लुटपाटमा संलग्नहरु लागू पदार्थ सेवन कर्ता भएको प्रहरीले जनाएको छ । उनीहरुले गरगहना लुटपाटको योजना काठमाडौस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको अनुसन्धानमा खुलेको छ । आरोपित विरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
लुटपाट योजना कहाँ र कसरी बन्यो ? लुटिएपछि बनाएको योजना कस्तो थियो ?
फुङलिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल कुनै बेला सदरमुकाममा सुन पसल गर्थे । त्यही भएर कंञ्चन मनी ट्रान्सर्फरबारे जानकार थिए । किनकी त्यहाँ उनले सुन कारोवार तथा लेनदेन धेरै पटक गरेको प्रहरीसमक्ष स्विकार गरे । त्यहाँ जाँदा ब्याक ढोका (कर्मचारीले मात्र आवतजावतमा प्रयोग गर्ने ढोका) प्रयोग गर्थे । सुन र नगद राख्ने दराजबारे भेउ पाएका थिए । समयक्रमअनुसार उनी काठमाडौमा थिए । एकदिन साथीहरुसँग काठमाडौमै योजना बनाए । बाँकी ३ जनालाई लुटपाट गर्ने योजनामा त्यही कन्भिन्स गराए । उनीहरु झापामा आएपछि आइएमईको बारेमा विस्तृत योजना बनाए । गाडी चढेर आए । सदरमुकामस्थित एक होटलमा बास बसे । उनीहरुमध्ये एक जनाले आइएमई कर्मचारीलाई फोन गरेर जाकेट राखेको सुन उकास्न आउने सुचना दिए । उनीहरुले टिपाएको नाम भएका व्यक्तिको सुन जाकट रेकर्डमा नभएको कर्मचारीले सुनाए । उनीहरुमध्ये एक जनाले फेरि अर्को नाममा सुन जाकेट राखेको नाम दिए । कर्मचारीले अर्को दिन आउन आग्रह गरे । असोज १७ गते विहान बजार केही सुनसान थियो । पर्तेलसहित ४ जना आइएमई आउनुअघि योजना बनाए । उनले हुलाक टोलबाट आउँदा आफूलाई चिन्ने भएकाले अर्कै बाटो आए । सुरुमा २ जना ब्याक ढोकाबाट प्रवेश गरे ।
जाकट राख्न दिएको व्यक्तिको नाम खातामा हेर्न थाले । लगत्तै बाँकी २ जनाले कर्मचारीलाई नियन्त्रणमा लिए । एक जनाले सिसी क्यामेराको तार चुडाउन टेबलमाथि चढे । र क्यामराको तार चुडाए । मुखमा मास्क लगाएकाले क्यामेरामा कैद भएका व्यक्तिलाई सजिलोगरि चिन्न कठिन बन्यो । उनीहरु सबै जना अग्रिम योजना अनुसार निर्माणाधिन बसपार्कमा भेला भए । तीमध्ये पर्तेलले सवै सामान बोक्ने र काठमाडौमा पुगेर बाँडफाँड गर्ने योजना अनुसार छुट्टिएका थिए । तर तीन जना नौलो भएकाले भुगोलबारे अनभिज्ञ हुँदा कहाँ जाने र कसरी भाग्ने भन्नेमा अन्यौलमा परे । क्षणभरै प्रहरी सोही स्थानमा घुमफिर गर्न थाल्यो । प्रहरी उक्त स्थानमा घुमफिर गर्न थालेको अलैचीबारीबाट पर्तेलले देखे । र,साथीहरुलाई फोनमा एसएमएस गरेर प्रहरीले पछ्याईरहेको सुचना दिए । केहीबेरमै सशस्त्र प्रहरी र नेपाल प्रहरीले पर्तेललाई नियन्त्रणमा लियो । उनको साथमा रहेको मोवाइलबाट बाँकी ३ जना कहाँ छन भन्ने सुचना संकलन गर्न प्रहरीलाई सहज बन्यो । अन्ततः ३ जनालाई पक्राउ गर्न प्रहरी सफल भए । फरार १ जनाको खोजी तिव्र पारेको प्रहरीले जनायो ।