इपूर्वपोष्ट
ताप्लेजुङ, २२ असोज । नेकपा एमालेले ताप्लेजुङमा प्रतिनिधि सभाको टिकट नेकपा एमालेका सचिब तथा निबर्तमान सभासद योगेश भट्टराईलाई दिएको छ ।
एमाले सचिव भट्टराई दोस्रो पटक ताप्लेजुङबाट चुनाव लड्ने भएका छन् । उनी यसअघि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभातर्फ एमालेबाट पोलिटव्यूरो सदस्य समेत रहनु भएका तिलकुमार मेन्याङ्बो र जिल्ला उपसचिब मणिशंकर पोमु उम्मेदवार बन्ने पक्का भएको छन् । पार्टीले प्रदेश सभा १ अन्तर्गत तिलकुमार र २ मा मणिशंकरलाई टिकट पठाएको एमाले स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय