इपूर्वपोष्ट
ताप्लेजुङ, २० असोज । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको वीरेन्द्रचोकमा रहेको आईएमई लुटपादमा संलग्न भएको आशंकामा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई जना मध्ये एक जनालाई झापाको विर्तामोड र अर्कालाई ताप्लेजुङ फुङलिङ नगरपालिका ३ हेलिप्याडबाट पक्राउ गरेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक कैलास राईले बताउनुभयो ।
आईएमई लुटपाटमा चार जनाको संलग्नता रहेको प्रहरी प्रमुख राईले बताउनुभयो । थप एक जनाको खोजी कार्य भईरहेको प्रहरीले बताएको छ । एक जनालाई भने फुङलिङ नगरपालिका ३ हेलिप्याड घर भएका एक जनालाई लुटपाट भएकै दिन भानुजन मा.वि.छेउबाट पक्रउ गरिएको थियो । आईएमईबाट लुटेको रकम ६ लाख र झोलामा सुनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
आईएमईमा लुटपाट भएपछि अष्टे«लिए भ्रमणमा रहेका सञ्चालक अंमर श्रेष्ठ र मैया श्रेष्ठ पनि भ्रमण छोट्याएर ५ दिनमा नै आई पुग्नु भएको छ । प्रहरी प्रमुख राईले फरार एक जनालाई पनि पक्राउ गरि पूर्ण विवरण सार्बजनिक गर्ने बताउनुभयो । सुरुमै पक्राउ परेका एक जना ताप्लेजुङका र अन्य बाहिरी जिल्लाका रहेको समेत बताईएको छ । गत सोमबार करिब ७ किलो सुन र नगद ११ लाख ५५ हजार रुपैया लुटेराले लुटेको सञ्चालकले बताएका छन् । सबै लुटेरा पक्राउ परेपछि मात्र पूर्ण विरण आउने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय