इपूर्वपोष्ट
ताप्लेजुुङ, १७ असोज । ताप्लेजुङ जिल्लाको मुटु विरेन्द्र चौकमा आईएमई मनिट्रान्सफरमा आज विहान ९ बजेर २० मिनेट जादाँ करोडौ रुपया लुटिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट करिव १ सय मिटरको दुरीमा रहेको अम्बर श्रेष्ठको आईएमई आज विहान लुटिएको बताईएको छ । आईएमईका स्टाफ आसामाया प्रधानलाई हिजो देखि नै मेरो आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा फोनबाट फोन गरेको थियो ।
उहाँले तीन जाना आएर मुख, आखा, हात, खुट्टामा टेपले बाधेको एक जनाले सिसि टिभि उक्काएको र रकम साथै सुन लुटेको बताउनुभयो । आशामायाको भने अनुहार तथा हातमा चोटलागेर खाईते भएकि छन् ।
प्रारम्भिक अनुमान अनुसार नगद ११ लाख ५५ हजार र सुन गरि करोडौं रुपैया लुटिएको अनुमान गरिएको छ ।
जिल्ला प्रहरीले बास्तबीक तथ्याक आई नसकेको बताएको छ । उता, लुटेराहरुलाई जिल्लाबाट बाहिर छिर्न नदिन विभिन्न नाकामा प्रहरी तैनाथ राखेको समेत जिल्ला प्रहरी कार्यायले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय