
इपूर्वपोष्ट
ताप्लेजुङ, । ताप्लेजुङमा सञ्चालन भएको ताप्लेजुङ हाफ म्याराथनमा प्रथम हुने मैवाखोला गाउँपालिका ५ कि समपाल्मु शेर्पालाई गाउँपालिकाले बेग्लै पुरस्कार दिने भएको छ ।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले म्याराथनमा प्रमथ हु्ने शेर्पालाई ५१ हजार रुपैंया पुरस्कार दिने घोषणा गर्नु भएको हो । प्रदेश नम्बर १ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताको दौडमा समेत प्रमथ स्थान हासिल गर्न सफल भएकि शेर्पालाई उच्च मुल्याङ्कन गर्दै प्रोत्साहस स्वरुप पुरस्कार दिने घोषणा गरेको अध्यक्ष वनेमले बताउनुभयो ।
जिल्लामा खेलकुद गतिविधि नै सिथिल भएको अवस्थामा यस्ता उर्जाशील खेलाडीलाई हौसला दिने उद्देश्यले शेर्पालाई पुरस्कारको घोषणा गरेको मैवाखोला गाउँपालिकाका प्रवक्ता अर्थात वडा नं. १ का वडाध्यक्ष चन्द्र तामाङले बताउनुभयो ।