इपूर्वपोष्ट
ताप्लेजु, ११ असोज । यसवर्षको मेयरकप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले पाथीभरा गउँपालिकालाई ३–१ ले पराजीत गर्दै हात पारेको छ ।
ताप्लेजुङमा मंगलबार सम्पन्न फलिबल प्रतियोगतामा सिदिङ्वा गाउँपालिकाले पाथीभरा याङ्वरक गाउँपालिकालाई २५–२१,२५–१७,२१–२५ र २५–२१ को स्कोरले पराजित गरेको हो ।
यसअघि सेमीफाईनलमा पाथिभरा याङ्वरकले फुङलिङ नगरपालिकाको टिमलाई र सिदिङ्वाले सिरिजङ्गा गाउँपालिकालाई पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।


ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर गत ८ गते देखि जारी प्रतियोगिता मंगलवार सकिएको हो । सिदिङ्वाको यो लगातार दोस्रो जीत हो । उसले अघिल्लो बर्षको मेयरकप पनि जितेको थियो ।


प्रथमहुने सिदिङ्वाले नगद २ लाख ७५ हजार १ सय रुपैंयाका साथ रनिङकप, मेडल प्रमाणपत्र पाएको छ । उता उपबिजेता पाथिभरा याङ्वरक गाउँपालिका नगद १ लाख ४० हजार १ सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्रको पाएको छ ।


सेमीफाईनलमा पुग्ने दुई टीम क्रमशःफुङलिङ नगरपालिका र सिरिजङ्गा गाउँपालिकाले प्रत्येकले नगद ४५ हजार १ सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने मेयरकप रनिङ भलिबल प्रतियोगिता खेल संयोजक एवम् फुङलिङ नगरपालिकाका सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय