ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव’ शुरु भएको छ । महोत्सवको पहिलो दिन सदरमुकाम फुङलिङ तोक्मडाँडाबाट सुरु भएको कलशयात्रा सिद्धिडाँडास्थित चण्डेश्वर धाम पुगेर टुङ्गिने छ ।


विभिन्न समूह, संस्था, विद्यालय र सर्वसाधारणले उत्साहजनकरुपमा कलशयात्रामा सहभागिता जनाएका छन् । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव मूल समारोह समितिका संयोजक अध्यक्ष तारानाथ घिमिरेले कलशयात्रामा सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गर्नुभयो । यस्तै पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले महोत्सव शान्ति, समृद्धि र एकताको प्रतिक हुने विश्वास व्यक्त गर्नुभयाे ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको भीमकाली गुल्म महोत्सवको मुख्य आयोजक रहेका छन् । हिमालयन गाइड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालि महोत्सवको मुख्य प्रायोजक रहेको छ ।

प्रदेश १ सरकारका उद्योग,श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगामले महोत्सवको पहिलो दिन कलशयात्राको कार्यक्रम उद्घाटन गर्नुभयो । महोत्सवलाई शान्तिको प्रतिक ठान्दै मन्त्री हाङ्गाम र नेपाली सेनाका सहायक जर्नेल कृष्ण भण्डारीले संयुक्त रुपम परेवा उडाउनुभयाे ।

महोत्सवकै अवसर पारेर यहाँ अन्तरपालिका स्तरीय मेयरकप रनिङ भलिबल प्रतियोगिता समेत हुँदैछ । यस्तै खाद्य परिकार महोत्सव, घरेलु, कृषि तथा औद्योगिक प्रर्दशनी, विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय